रास्वपा रुपन्देही ३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा
रास्वपा रुपन्देही ३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषित गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा चयन भएका हुन् ।
उक्त क्षेत्रबाट उम्मेदवार बन्न आकांक्षीहरूको सूचीमा सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री समेत परेका थिए ।
आकांक्षीहरूमध्येबाट उम्मेदवार टुंगो लगाउन रास्वपाले भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमरी इलेक्सन सञ्चालन गरेको थियो ।