समस्याकाे हाेईन अब समाधानकाे कुरा गराैँ : मन्त्री चाैधरी

१९ साउन अर्घाखाँची । लुम्विनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री धर्म बहादुर चाैधरीले समस्याकाे हाेईन अब समाधानका कुरा गर्नुपर्ने बताएका छन् ।

हरेक ठाउँमा समस्या मात्र देखाउने प्रवृत्ती हावी भएकाे भन्दै मन्त्री चाैधरीले नकारात्मकता हाेइन अब सकारात्मकताकाे कुरा गर्नुपर्ने बताएका हुन् ।

पाणिनि पत्रकार समाज नेपालले आयाेजना गरेकाेे मिडिया सम्मेलनकाे उद्घाटन गर्दै मन्त्री चाैधरीले आफू कुरा भन्दा काममा विश्वास गर्ने बताए ।

पाणिनिकाेे विकासकाे लागि प्रतिवद्धता जनाएका मन्त्री चाैधरीले निर्माणाधिन पाणिनि बहुउदेश्यिय सभाहल र पाणिनि पहुँचमार्ग अविलम्व पूरा गरिने जानकारी समेत दिएका छन् ।

अर्घाखाँचीमा रहेका दुई दर्जन पत्रकार तथा मिडिया संचालकहरु सहभागी दुईदिनसम्म चल्ने मिडिया सम्मेलन भाेली पाणिनि घाेषणापत्र जारी गर्दै समापन हुनेछ ।

You might also like