एनएमबि बैंक गोरुसिङ्गेद्वारा खानेपानी समितिलाइ कम्प्युटर प्रदान

कपिलवस्तु । एनएमबि बैंक गोरुसिङ्गे शाखाले गोरुसिङ्गे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाइ कम्प्युटर प्रदान गरेको छ ।

कपिलवस्तुको बुद्धभुमि गुरुसिङ्गे स्थित वडा न. २ मा रहेको गोरुसिङ्गे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रराज टण्डनलाइ एक समारोहका बिच एनएमबि बैक गोरुसिङ्गे शाखा प्रबन्धक केशर सिंह टण्डनले एक थान कम्प्युटर हस्तान्तरण गर्नुभएकोथियो ।

शाखा प्रबन्धक केशर सिंह टण्डनले एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगर्त एक थान कम्प्युटर गोरुसिङ्गे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाइ सहयोग हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले खानेपानी समितिले आफ्नो दैनिक प्रशासनिक कार्यलाइ अझै चुस्तदुरुस्त र छिटोछरितो बनाउन कम्प्युटरले सहयोग गर्ने विस्वास व्यक्त गर्दै आमउपभोक्ताहरु त्यसबाट लाभान्वित हुने बताउनुभयो ।

गोरुसिङ्गे शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रराज टण्डनले नेपालको एउटा उत्कृष्ट बैंकको उत्कृष्ट कार्यअनुरुप आफुहरुको सस्थालाइ छ्नौट गरेर कम्प्युटर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा एनएमबि बैंक र खानेपानी समिति मिलेर अझै प्रभावकारी काम गरिने बताउनुभयो ।
उक्त समारोहमा बैंकका कर्मचारी पशुपति अधिकारी, नारायण गौतम, नविन पुरी तथा खानेपानी समितिका पदाधिकारी/ प्रतिनिधिहरुको उपस्थित थियो ।

You might also like