बुटवल जेसीजको स्वर्णजयन्ती : हिजो, आज र भोली विशेष अन्तरसम्बाद

बुटवल
बुटवल जेसीजको स्वर्णजयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत बुटवल जेसीज: हिजो, आज र भोली बिषयक विशेष अन्तरसम्बाद सम्पन्न भएको छ।

बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवरले हिजोको बुटवल जेसीज, आजको बुटवल जेसीजको अवस्था र भोलिको जेसीज कस्तो बनाउने भन्ने बारे समाजलाइ जानकारी दिन अन्तरसम्बाद कार्यक्रम राखिएको बताउनुभयो ।

अन्तरसम्बाद कार्यक्रममा ५० बर्ष अबधिमा बुटवल जेसीजको नेतृत्व लिनुभएका पुर्व अध्यक्षहरुको प्रतिनिधित्वको रुपमा बुटवल जेसीज सन १९८१ का पुर्व अध्यक्ष निर्मल प्रसाद लाकौल, सन २००६ का पुर्व अध्यक्ष टंकप्रसाद पोखरेल, बुटवल जेसीजका मानार्थ सदस्य समेत रहनुभएका बुटवल सम्बन्धि जानकार बिमल बहादुर शाक्य, बुटवल जेसीज २०१६ का पुर्व अध्यक्ष राजु पौडेल बक्ताहरु हुनुहुन्थ्यो ।

अन्तरसम्बाद कार्यक्रममा सन १९७४ देखि हाल स्वर्ण जयन्ती – ५० बर्ष सम्म प्रवेश गर्ने अबधि भित्र भएका बुटवल जेसीजका क्रियाकलाप, समाज र राष्ट्रलाइ दिएको योगदान , आजको अवस्था, भोलीको जेसीज यात्रा र दिशानिर्देशको बारे छलफल भएको थियो ।

मिडिया सहयोगी बुद्ध टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमको प्रस्तोता बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा स्वर्णजयन्ती साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवाली हुनुहुन्थ्यो ।

कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष हरिबिक्रम कुवर, पुर्व अध्यक्षहरु मथुरा पिया, मनोज भट्टराई, दिनेश श्रेष्ठ, राजिव गौतम, महासचिव चन्द्रकान्त डुम्रे, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपाने, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, जेसीजका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेकोथियो।

You might also like