स्वास्थकर्मी खनालले अनाथ आश्रममा मनाए जन्मदिन
बुटवल । नेपाल स्वास्थकर्मी संघ बुटवल उपमहानगरपालिका इकाई समितिका अध्यक्ष बिस्णु खनालले आफ्नो जन्मदिनमा अनाथ आश्रममा सहयोग गरेका छन।
जन्मदिनमा हुने खर्चको रकमले खनालले बुटवल १५ मा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा फलफुल तथा खाद्यान्न बितरण गरेका हुन।

उक्त सहयोग कार्यक्रममा बोल्दै बुटवल लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेसका कोषाध्यक्ष तथा समाजसेवी प्रकाश रानाले जन्मदिनमा हुने फजुल खर्चलाई जोगाएर आश्रममा सहयोग गर्नु प्रसंशनिय कार्य भएको भन्दै यसबाट अन्य ब्याक्तिहरुले पनि सिको गर्नुपर्ने बताए।
नेपाली काङ्ग्रेसका युवा नेता बिष्णु पोखरेलले यस्तो पुण्यको काम गर्नु भएको छ आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्दै जान आग्रह गरे।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता बुटवल १५ का अध्यक्ष शिव राना, चलचित्र लेखक तथा निर्देशक बाबुराम घिमिरे, कलाकार सान्ताराम गिरि, कमल गुरुङ लगायत उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन प्रदिप घर्ती मगरले गरेका थिए।