म्बिनी प्रदेश सभाको बैठक बस्दै,निजामती कर्मचारी विधेयक पेस हुने
बुटवल,३० असार ।
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे बस्ने प्रदेश सभाको उन्नाइसौं बैठकमा
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट “प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक” सभामा पेश गर्ने सम्भावित कार्यसुचि रहेको छ ।
त्यस्तै आजको बैठकमा मुख्यमन्त्री चौधरीबाट “लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” फिर्ता गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत भई सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आजकै बैठकमा स्वास्थ्य मन्त्री राजु खनालबाट “स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक” माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत भई मा० सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका
प्रश्नको स्वास्थ्य मन्त्री खनालले जवाफ दिने अर्को सम्भावित कार्यसुचि रहेको छ ।