पाणिनि तपाेभूमीमा पर्यटकीय पूर्वाधार निर्माणका लागि लुम्बिनी सरकारकाे २५ लाख

भीम विश्वकर्मा
अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाकाे प्रसिद्द धार्मिक तथा पर्यटकीय स्थल पाणिनि तपाेभूमिमा पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख रूपैँया बिनियाेजन भएकाे छ ।

लुम्बिनी प्रदेश सरकारले उक्त स्थानमा गुरूयाेजना अनुसार पर्यटकीय संरचना निर्माणका लागि साे रकम बिनीयाेजन गरेकाे हाे । लुम्बिनी प्रदेशसभाबाट स्विकृत अार्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम र बि.स. २०८७ सम्ममा हासिल गर्नुपर्ने दिगाे बिकास लक्ष्यमा अाधारीत तत्कालिन अार्थिक मामिला मन्त्रालयले तयार पारेकाे बार्षिक कार्यक्रम पुस्तिकामा प्रबिष्ट गरीए बममाेजिम पाणिनि तपाेभुमिमा गुरूयाेजना अनुसार पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख रूपैँया बिनियाेजन गरीएका छ ।

यस्तै पाणिनि गाउँपालिकाकाे वडा नम्बर ७ मा जनजाति संग्राहलय निर्माणका लागि ५ लाख रूपैयाँ बिनियाेजन भएकाे छ ।

उधाेग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत साे बजेट विनियाेजन भएकाे हाे

You might also like