आठ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्कता अपनाउन महाशाखाको सुझाव

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अत्यधिक वर्षा भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ।

स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा पछिल्ला केही घण्टा अति भारी वर्षा भएको महाशाखाले जनाएको हो।

महाशाखाले यी स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको समेत जनाएको छ। ​मंगलबार दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तै देशका अन्य स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा पनि गएराति देखि नै वर्षा भइरहेको छ।

You might also like