कोसी प्रदेशका मुख्यमन्त्री कार्की संसद् छाडेर हिँडेपछि बैठक अनिश्चित
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संसद् छाडेर हिँडेका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै उनी हिँडेका हुन् ।
आधा घण्टाका लागि स्थगित गरिएको बैठक मुख्यमन्त्री नआएपछि शुरू हुन सकेको छैन । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिएका छन् ।
मुख्यमन्त्रीले आधा घण्टाको समय मागेका कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए ।