वन्यजुन्तबाट हुने आक्रमण न्यूनीकरण गर्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र
७ चैत, लुम्बिनी । बर्दिया राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रहरूमा वन्यजन्तुको संख्या बढेसँग उनहिरुबाट मानमाथि भइरहेको आक्रमण नियन्त्रणका लागि उचित कदम चाल्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री समक्ष आग्रह गरिएको छ । बन्यजुन्तुको बृद्धिसँगै मानव र वन्यजन्तुबीच द्वन्दका घटनाहरू पछिल्लो समय दिनदिनै बढिरहेका छन ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ मा बाघ आक्रमणबाट मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली ब्यक्त गर्दै लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रणमा लिई आक्रमणका घटनालाई रोक्न विशेष अभियान चलाउन लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र मार्फत आग्रह गरेका छन ।
जिल्लाको मुख्य समस्या रहेको मानव र वन्यजन्तु बिचको द्वन्द न्यूनीकरणको लागि कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा लुम्बिनी प्रदेशसभा सस्दय तिमिल्सिनाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई ज्ञापन पत्र बुझाएका छन् ।
मुख्यमन्त्री गिरीलाई ज्ञापन पत्र बुझाउदै कांग्रेस संसदीय दलका पूमुख सचेतक तिमिल्सिनाले मानव–वन्यजन्तु द्वन्द न्यूनिकरण तथा व्यवस्थापन कार्यमा सम्पूर्ण सरोकारवाला निकायहरूलाई जिम्मेवार बनाउन आग्रह गर्दै, आफू पनि मानव–वन्यजन्तु द्वन्द न्यूनिकरण गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन् । मानव–वन्यजन्तु द्वन्द्व केवल निकुञ्ज, आरक्षलगायतका संरक्षित क्षेत्र र जिल्ला वन कार्यालयहरूको मात्र समस्या नभएर यो हामी सबैको साझा समस्या भएको बताउदै तिमिल्सिनाले मुख्यमन्त्री गिरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
यसको हल गर्ने प्रमुख जिम्मेवारी निकुञ्ज, आरक्ष र वन कार्यालयको भए तापनि उनीहरूसँग उपलब्ध पर्याप्त साधनस्रोतको अभावले प्रभावकारीरूपमा यसको निदान गर्न सकिरहेका छैनन् । परिणामतः स्थानीय समुदाय हालसम्म पनि वन्यजन्तुबाट हुने पीडा र समस्याबाट मुक्त हुन सकेका छैनन् । देशभरि नै दिनानुदिन बढ्दो क्रममा रहेको छ यो समस्या । राजनीतिक तहमा प्राथमिकतामा नपरेका कारण पनि समाधान हुन सकेको भन्दै चाडो भन्दा चाडो वन्यजन्तुबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको मागसहित मूख्यमन्त्री समक्ष ध्यानाकर्षण गराउदै ज्ञापनपत्र पत्र बुझाएका हुन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग अन्तर्गत बस्तीसंग जोडिएको सामुदायिक वन तथा निकुञ्ज आसपासमा मानव र वन्यजन्तुबिचको द्वन्द दीर्घकालीन रुपमा अन्त्य गर्नका लागि प्रदेश सरकारले समय मा नै त्यसतर्फ ध्यान नदिएको हुँदा आजपनि बर्दियाबासी जनता जंगलीजनावरको शिकार हुनुपरेको सोही विज्ञप्तिमा जनाइएको छ ।
लुम्बिनी प्रदेश सरकारले त्यस तर्फ ध्यान नदिदा जंगली जनावर को हिंसा तिव्र बढिरहेको छ , तसर्थ बर्दिया र बाँके जिल्लाको वनजंगल वरपर रहेका मानव बस्ती र जंगली जनावर को द्वन्द न्यूनीकरण गर्न यथाशीघ्र पक्की पर्खाल निर्माण को लागि प्रदेश सरकार को ध्यानाकर्षण गराउन चाहन्छु । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनमा गरी सबैभन्दा धेरै बर्दियामा २७ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै यहि चैत ६ मधुवन नगरपालिका वडा न। ५ स्थित चिरौटे सामुदायिक वनमा घाँस काट्न गएको बेला सोही वडा निवासी बर्ष ५५ को समुन्द्री बुढाक्षेत्री र सोही वडा बस्ने अन्दाजी ५० बर्षको धनसरी गुरुङको बाघको आक्रमण मा परि मृत्यु भएको छ । मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रण लिन र बाघ आक्रमणको घटनालाई रोक्न विशेष अभियान चलाउन समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।