सबै सरकारी विद्यालयहरुमा अंग्रेजी भाषामा पढाउँन सुरु गछौँ : सामाजिक विकास मन्त्री गुप्ता

सामाजिक विकास मन्त्री गुप्ताद्धारा पदभार ग्रहण

बुटवल ।
लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री चन्द्रकेश(सीके)गुप्ताले प्रदेश भरीका सबै सरकारी विद्यालयहरुमा अंग्रेजी भाषामा पढाउँन सुरु गर्ने बताएका छन् ।प्रदेशका मुख्य शहरहरुमा केही सरकारी विद्यालयहरुले अंग्रेजी भाषामा पढाउँने गरेको भएपनि प्रदेशका ग्रामिण भेगमा पनि नर्सरी देखीनै अंग्रेजी भाषामा पढाउँने गरी गृहकार्य गर्ने बताएका हुन् ।

दाङ्को देउखुरी उपत्यकामा पदभार ग्रहण पछि मन्त्री गुप्ताले निजि विद्यालय भन्दा विद्यार्थी र अभिभावकको रोजाई सरकारी विद्यालयमा बनाउँने गरी काम गर्न मातहतका कर्मचारी तथा सरोकारवालाहरु संग आग्रह गरे । सरकारी शैक्षिक संस्थाहरुको गुणस्तर बृद्धि गर्नु आफू हरपल लागि रहने मन्त्री गुप्ताले बताए ।त्यस्तै, प्रदेशबासीको सामाजिक सुरुक्षामा समेत आफूले महत्वपूणर् काम गर्ने उनले बताए ।

प्रदेश भित्र रहेका महिला, जेष्ठ नागरिक , अल्पसंख्यक ,दलित , मुस्लिम , मधेशी लगाएत आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका प्रदेशबासीहरुको उत्थानको लागि काम गर्ने मन्त्री गुप्ताले बताए । जनमत पार्टीबाट रुपन्देही ५(ख)बाट निर्वाचित गुप्ता पार्टीको संसदीय दलको नेता समेत हुन् ।

You might also like