बुटवलमा फागुन पहिलो हप्ता चौथो राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने ।

बुटवल
बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न विधागत विज्ञ रहेको संयोजक र उप समितिहरु गठन गरिएको छ ।
फाल्गुण ४, ५ र ६ गते एन्फा टेक्निकल सेन्टर देवीनगरमा संचालन हुने रनिङ्ग शिल्ड प्रतियोगिताको लागि एथ्लेटिक्स खेलको संयोजकमा मोहन घले, भलिवल संयोजकमा राम बहादुर थापा ,कराँते सँयोजकमा उमेश थापा, तेक्वान्दोको संयोजकमा राजीव सिंह क्षेत्री र कवड्डीको संयोजकमा महेन्द्र बहादुर सुनार रहनु भएको छ ।
उप समितिहरुमा प्रचार प्रसार उपसमितिको संयोजकमा प्रेसविज्ञ सी.पी. खनाल, सचिवालय तथा पुरस्कार व्यवस्थापन संयोजकमा प्रेम बहादुर बस्नेत, मञ्च व्यवस्थापनमा मनमोहन लाल गुभाजु, स्वागत सत्कार संयोजकमा आशा वस्नेत थापा, सुरक्षा तथा स्वयम्सेवक व्यवस्थापनमा राजु गुरुङ्ग, फिल्ड तथा सरसफाई व्यवस्थापनमा केशव थापा, स्वास्थ्योपचार, ट्राफिक तथा एम्बुलेन्स व्यवस्थापनमा सुनिल शाहा, मार्चपास अनुशासन तथा प्राविधिक संयोजक हरिश वली, जलपान व्यवस्थापन रमेश न्यौपाने र मूल्याङ्कन तथा जुरीमा मदन शेरचन रहनु भएको छ । चौथो बुटवल उपमहानगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक हरि प्रसाद श्रेष्ठको अध्यक्षतामा सचिव प्रेम बहादुर बस्नेतको संचालनमा सम्पन्न कार्यक्रममा सह संयोजक हरिश वली , शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, सदस्य एवम् खेलकुद शाखा प्रमुख कोपिला ज्ञवाली र सदस्यहरु राजु गुरुङ्ग ,मोहन घले ,सुनिल शाहा , राजेन्द्र रिजाल ,रमेश न्यौपाने माधव प्रधान ,धुर्व शाह , राजिव सिंह क्षेत्री ,यम गुरुङ्ग , मनमोहन गुभाजु , केशव थापा , शिव आचार्य ,आशा बस्नेत थापा , उमेश थापा, शिव कुमारी अर्याल, राम बहादुर थापा , बाबुराम बन्जाडे , नर बहादुर क्षेत्री , पवित्रा ज्ञवाली , मदन शेरचन , कल्पना पाँडे मगर , याकु दर्लामी विष्णु गौतम घिमिरे , गोपाल सिंह ,महेन्द्र ब. सुनार, सी.पी खनाल लगायतले कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्नको लागि आ—आफ्नो धारणा राख्नु भएको थियो ।

You might also like