वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र अभिलाषालाई उपाधि
काठमाडौं ।
प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन्।
नेपालका नम्बर एक खेलाडी प्रदीपले फाइनलमा ऋतिक रानालाई ६-४ र ६-४ ले पराजित गर्दै उपाधि हात पारे । प्रदीप नवौं राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारी समेत हुन्।
पुरुष एकलमा निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहे।
महिलातर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६-२ र ७-६ ले पराजित गरिन्। महिलातर्फ आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहिन्।
पुरुष डबल्सको उपाधि ऋतिक राना र निशान श्रेष्ठको जोडीले जिते। प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो र सक्क्षम बिक्रम शाह र राजबिर प्रधान तथा केशव प्रसाद गौचन र शौरभ नाथ पन्तको जोडी तेस्रो भए।
पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते। जितेन्द्र परियार दोस्रो तथा सन्तोष खत्री र सिमान्त गुरुङ तेस्रो भए। पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे। विमल कुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोज बिक्रम शाह संयुक्त तेस्रो भए।पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे। उत्तम कुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो भए।
पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे। ज्ञानेन्द्र मान ताम्राकार दोस्रो तथा हर्क बहादुर गुरुङ तेस्रो भए। ३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन्। सन्तोष खत्री र सिमान्त गुरुङको जोडी दोस्रो हुँदा राजु क्षेत्री र ईश्वर जिसी तथा नरेश बहादुर र विनय मान तुलाधरको जोडी तेस्रो भए।
पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पारे। सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो तथा कृष्ण घले र महेश श्रेष्ठको जोडी र शिव सेढाई र हिमाल शाहको जोडी तेस्रो भए।५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र शुवर्ण धाख्वाको जोडीले हात पारे। निरन्जन श्रेष्ठ र राम रानाको जोडी दोस्रो, जीवन घिमिरे र सुदर्शन विष्टको जोडी तथा हिमाल शाह र जोली तारगानको जोडी तेस्रो भए।
प्रतियोगिता अन्तर्गत नै यू-८ गर्ल्सको उपाधि सारा पन्तले हात पारेकी छिन्। थिया श्रेष्ठ दोस्रो र निम्ति कुवर र प्रकृति ज्ञवाली तेस्रो स्थानमा रहे।यू-८ ब्वाइजको उपाधि आर्यश राज पौडेलले जिते। सभ्य जंग कार्की दोस्रो र आरित मल्ल तथा मेदान्त चालिसे तेस्रो भए। यू-९ ब्वाइजमा पनि आर्याशले उपाधि जिते। सुजन कुइकेल दोस्रो तथा आरित मल्ल र विश्व विशेष डल्लाकोटी तेस्रो भए।यू-९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन्। जेनिशा ज्ञवाली दोस्रो तथा सर्भाना गुरुङ र सारा पन्त तेस्रो भए।
यू-१० को ब्वाइजतर्फ सुजन कुइकेलले उपाधि जित्दा युभेन मान श्रेष्ठ दोस्रो तथा विश्व विश्वास डल्लाकोटी र साम्खा हाङ राई तेस्रो भए।