जनमतका केन्द्रीय नेता मिश्रद्वारा पार्टी परित्याग

बुटवल ,१९ भदौ /जनमत पार्टीका केन्द्रीय नेता संजय मिश्रले पार्टी परित्याग गरेका छन् । पार्टीका रुपन्देही कार्यवाहक जिल्ला अध्यक्ष तथा भ्रष्टाचार निवारण विभागका राष्ट्रिय प्रमुख मिश्रले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आइतबार विज्ञप्ती जारी गर्दै मिश्रले पार्टीमा तानाशाही प्रवृत्ति हावी भएकोले आफूले जनमत पार्टी परित्याग गरेको बताएका छन् ।
‘म जनमत पार्टीमा विगत १० वर्षदेखि आबद्ध रही काम गर्दै आएको छु सक्रिय रहेर मेचीदेखि महाकालीसम्म पुगेर काम गरेको पार्टीका नेता–कार्यकर्ता र जनतालाई अवगत नै छ, तर पार्टीले उठाउँदै आएको मुद्दा अहिले पार्टीले बिर्सेको मैले अनुभुति गरेको छु, ’उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
मिश्रले स्वतन्त्र मधेश गठबंधन देखि पार्टी गठन भएसम्मा पार्टीको लागि राम्रो भुमिका खेल्दै आएका थिए । पर्टीकै कार्यक्रममा उनी धेरै पटक प्रहरी हिरासतमा समेत बसेका छन् ।
अब स्वतन्त्र रही समाजका लागि काम गर्ने उनले बताएका छन् ।

You might also like