बिचित्र गुफा जोड्ने झोलुङ्गे पुलको शिलान्यास ।
बुटवल -१६ धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तु गुल्मी कमलाबन स्थित प्राकृतिक ,धार्मिक ,एतिहासिक,पर्यट्किय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण बिचित्र गुफालाई जोड्ने पुलको एककार्यक्रमका बिच शिलान्यास गरिएको हो ।
इस्मा गाउँपालिका ०६ रामदल चौर (तम्घास सिमल्टारी हाइवए) बाट धुर्कोटको गुफालाई जोड्ने ३७० मिटर लामो झोलुङ्गे पुलको शिलान्यास धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले गर्नु भएको हो ।
बिचित्र गुफा संरक्षण समितिका अध्यक्ष युबराज भण्डारीको अध्यक्षतामा बसेको बिशेश समारोहमा गाउपालिका उप-प्रमुख सीता गिरी, प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी , वाड न ५ का वाड अध्यक्ष केशब भण्डारी लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
गुफाका अध्यक्ष युबराज भण्डारीले आफुको एउटा मुख्री सपना पूरा भएको र स्थानिय तह , प्रदेश सरकार र संघीय सरकारबाट गुफाको बिकास र प्रवधनमा सहयोग गर्ने जनप्रतिनिधि एबम कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यश पुल निर्माण योजना छनोट कार्यमा बिशेश सहयोग गर्ने टिकाराम ढकाल,धुर्कोट गाउँपालिका लगायत सम्बन्ध पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।
गुफाका योजनाकार भण्डारी – बिचित्र गुफा संरक्षण समितीका अध्यक्ष युबराज भण्डारी गुफाको बिकास र संरक्षणमा अहोरात्र खटेर गुफाको रोल मोडल र गुफाको स्तरउन्नतीका विभिन्न योजना पार्नको लागि प्रदेश र संघ सम्म निरन्तर धाउनु मात्र भएन विभिन्न बिकासका काम समेत गर्नुभयो ।
उहाँकै समयमा बिचित्र गुफा जोड्ने सिढी , गुफाको सञ्चार भवन , पिकनिक स्पोर्ट्, सडक , पानी एबम गुफालाई चाहिने जग्गा जमिनको उचित तरिकाले ब्यवस्था गर्नुभयो ।
ब्यक्तिगत कामकाजलाई थाती राखेर सामाजिक कार्यमा अग्रसर भण्डारीले देखेको सपना बिस्तारै पूरा हुँदै जादा बस्तुबासी समेत खुशी हुँदै गएका छन ।