भैरहवाका मेयरले भने- पर्यटकलाई गुलाबको फुलले स्वागत गर्छौँ

भैरहवा, १३ भदौँ ।
भैरहवा (सिद्धार्थनगर नगरपालिका) का नगर प्रमुख इश्तियाक अहमद खाँनले बेलहिया नाका हुदै मुलुकमा भित्रिने पर्यटकहरुलाई आफुहरुले सम्मान सहित स्वागत गर्ने बताएका छन् ।

पर्यटन प्रहरी इकाई भृकुटीमण्डप, काठमाडौले बेलहियामा आयोजना गरेको पर्यटक सुरक्षा तथा पर्यटन प्रवद्धनमा व्यवसायी एंव स्थानीय नागरिकको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अतिथी देव भव: नारालाई अनुशरण गर्दै अगाडी बढ्नु पर्ने बताए ।

‘मुलुकमा पैसा खर्च गर्नका लागि भारतीय र तेस्रो मुलुकबाट पर्यटकहरु आउन्छन् तर हामीले उनीहरुलाई सम्मान गर्नुको साटो दुर्यवाहार गर्छौँ, जनु राम्रो होईन’, उनले भने, ‘पर्यटकलाई सम्मान नगरेसम्म हाम्रो नगर र मुलुकले फड्को मार्दैन ।’

उनले बेलहिया नाकाबाट मुलुकमा भित्रिने पर्यटकहरुलाई नाकामा गुलाब लगायतको फुल दिएर सम्मान सहित भित्र्याउन योजनाहरु रहेको भन्दै यहाँ गरिएको स्वागतले पर्यटकको प्रचारप्रसारले पर्यटक आगमनमा थप वृद्धि हुने बताए ।

‘हामीले जब पर्यटकहरुलाई नाकामा स्वागत, सम्मान गरेर पर्यटकमैत्री व्यवहार गर्छौँ तब उनीहरुले हाम्रो नगर/मुलुकको प्रचारप्रसार आफ्नो मुलुकमा गएर गर्छन’ उनले भने, ‘यसले पर्यटक आगमनमा वृद्धि हुनुका साथै नगर/मुलुकको विकासमा थप टेवा समेत पुग्छ ।’

उनले आफु पैसा कमाउन नभई नगरको विकास गर्नका लागि आएको भन्दै नगरको विकासमा नगरवासीको साथ र सहयोगको समेत आवश्यकता रहेको बताए ।

उनले नगरको विकासका लागि थुप्रै योजनाहरु रहेको र केही निर्माणक क्रममा रहको भईरहेको भन्दै वर्षायाम पछि केही योजनाहरु संचालन गरिने बताए ।

बेलहिया नाकाको सौन्दर्यकरणको लागि कामहरु भईरहेको भन्दै आयोजना कार्यालय अन्तर्गत रहेको ६ लेन सडकको निर्माणको ढिलाईले नगरको योजना संचालनमा पनि समस्या उत्पन्न भएको बताए । जसका लागि आफुहरुले सडक निर्माणका लागि पहल गरिरहेको उनले बताए ।

नगरपालिकाको फुलैफुलको शहर, हरियाली, स्वच्छ र सफा शहर, फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, पार्किङ व्यवस्थापन, व्यवसायिक भवन निर्माण, कारागार स्थानन्तरण, लगायतका योजनाहरु छन् ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्रोतसाधानको अभावमा पनि कामहरु भईरहेको भन्दै प्रशासनको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफुहरु तयार रहेको बताए । उनले रात्रिकालिन व्यवसाय संचालनका लागि कार्यविधी अन्तिम चरण पुगेको बताउँदै सम्पूर्ण प्रक्रिया पुर्याएर कार्यान्यवन गरिने बताए ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले सुरक्षा विना केही कल्पना नै नगर्न सकिने भन्दै सुरक्षाको विकल्प सुरक्षा नै रहेको भन्दै आफुहरुले सदैव सुरक्षाका लागि तत्पर रहेको बताए । उनले आफ्नो स्थानको विकासका लागि सरोकारवालाहरुले समाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो भुमिका समेत निर्वाह गर्नुपर्ने बताए ।

You might also like