मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलायो–सभापति खनाल

बुटवल,११ वैशाख ।
मुलुकमा सुशासन कायम हुन नसक्नु र केही व्यक्तिको दम्भका कारण लोकतन्त्र खतरामा परेको नागरिक अगुवा तथा अधिकारवादीहरुले बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्धारा आज बुटवलमा आयोजित ‘लोकतन्त्र र सुशासन’ बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनिहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलाएर गएको र नागरिकहरु निरास भएकोले लोकतन्त्र कमजोर भएको बताउनु भयो ।
उहाँले केही व्यक्तिको दम्भ र एकाधिकारवादी चिन्तन हावी भएका कारण लोकतन्त्र खतरामा परेको बताउदै नागरिक समाजले दलहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्ध बहादुर थापाले सत्ताधारी दलको आन्तरिक किचलोका कारण लोकतन्त्र धरापमा परेको बताउदै लोकतन्त्रको अनुभूती नेताहरुले मात्रै नभएर जनताले गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली जनताले लोकतन्त्रको अनुभूतीगर्न नसकेको भन्दै केही दलका नेताहरुले काठमाण्डौमा घर बनाउन सफल भएको आधारमा मुलुक समृद्ध भएको मान्न नसकिने बिचार व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य दीपा बि क ले तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्धन्द कुर्चीका लागि मात्रै नभएर लोकतन्त्र बचाउने की लोकतन्त्र सिध्याउने भन्ने बीचको द्धन्द भएको बताउनुभयो ।
लोकतन्त्र प्राप्तीको आन्दोलनमा सँगै लडेका शक्तिहरुबाटै लोकतन्त्रलाई समाप्त पार्ने प्रयास भएको आरोप लगाउदै उहाँले हिजो लोकतन्त्र प्राप्तिको आन्दोलनमा सँगै हिडेका शक्तिहरु एकजुट भएर लोकतन्त्र बिरोधि तत्वलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बरिष्ठ पत्रकार तथा अधिवक्ता डा.बालकृष्ण चापागाईले एउटा व्यक्तिको दम्भका कारण मुलुकको लोकतन्त्र धरापमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बाहेक अरुले मुलुक चलाउनै सक्दैनन् भन्ने चिन्तनका कारण पार्टी भित्र मात्रै नभएर मुलुक संकटमा परेको आरोप लगाउनुभयो ।
उहाँले लोकतन्त्र प्राप्ती पछि जनताले के प्राप्त गरे भन्ने बिषयमा बृहत समिक्षा गर्नुपर्ने आवस्यकता औल्याउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसकी नेतृ बालकुमारी भण्डारी,नेकपा एमाले नेपाल खनाल समूह रुपन्देहीका उपाध्यक्ष,एमालेका बुटवल उपमहानगर समिति अध्यक्ष बाबुराम पन्थी,माओवादी केन्द्रका नेता मनोज राना,राष्ट्रिय जनमोर्चाका नेता टान बहादुर केसी, नेपाल बार एशोसियसन उच्च अदालत बुटवलका अध्यक्ष जोग बहादुर खत्री,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,शान्ति समाजका केन्द्रीय सदस्य दीलिप कार्की,जिल्ला सभापति डिपी खनाल,रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा,रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी,पत्रकार महासंघ रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेल,उपाध्यक्ष विश्वास ढकाल,वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रीता केसी,मधेस मानव अधिकार गृहका अध्यक्ष रबी ठाकुर,अधिवक्ता बाबुराम पाण्डे,बुटवल उद्योग बाणिज्य संघकी जमुना पौडेल,अधिकारकर्मी रीता सेन, लक्षी घिमिरे,जानकी घिमिरे लगायतले बास्तविक रुपमा जनताले लोकतन्त्रको अनुभूतीगर्न नसकेको भन्दै लोकतन्त्र आम नेपाली जनतामा पुर्याउनुपर्नेमा जोड दिनु भएको थियो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य बिष्णु भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समाजकी केन्द्रीय सचिब मीना ढकालले गर्नुभएको थियो ।

You might also like