२४ घण्टामा देशभर १६० जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज

काठमाण्डौ,२७ माघ । नेपालमा मंगलबार थप एक सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेमसंघ क्रान्तिकारींद्धारा बुटवलमा प्रदर्शन

बुटवल,२७ माघ । बैतडीकी १७ वर्षीय भागरथी भट्टको बलत्कार पछि भएको हत्याको बिरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको आयोजनामा मंगलबार मध्यान्ह बुटवलको…

उत्तराखण्ड हिमनदी विस्फोट ः मृत्यु हुनेको संख्या २६ पुग्यो, १७१ जना अझै बेपत्ता

काठमाण्डौ,२७ माघ । भारतको उत्तराखण्डमा हिमनदी विस्फोट पछि गएको बाढीमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका…

माघ ३० गते सार्वजनिक बिदा

काठमाडौं,२७ माघ । यस वर्षको सोनाम ल्होछार पर्वको दिन माघ ३० गते सार्वजनिक बिदा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछार पर्वको दिन माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली…

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं,२७ माघ । ताप्लेजुङमा आज बिहानै भूकम्प गएको छ । बिहान ७ ः ३५ बजेको समयमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु भएको…

आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै

काठमाण्डौ,२७ माघ । आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन यो वर्ष नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस मनाउन लागिएको छ । हरेक फेब्रुअरीको पहिलो हप्ता यो दिवस विश्वभर मनाउने गरिन्छ ।…

स्व.सुशिल कोइरालाको स्मृतिमा बुटवलमा दिप प्रज्वलन

बुटवल,२६ माघ । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री स्व.सुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन भएको छ । सुशिल कोइराला सोसलिष्ट युथ सर्कल रुपन्देहीको आयोजनामा सोमबार बेलुका बुटवलको…

बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं,२६ माघ । नेपालमा आगामी बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी…

बिहीबारदेखि बंगालदेशबाट ५० हजार मेट्रिकटन यूरिया मलको ढुवानी हुने

काठमाडौं,२७ माघ । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल यसै बिहीबारदेखि नेपालमा ढुवानी हुने भएको छ । मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि नेपालमा ढुवानी हुने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।…

२४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण, १९४ जना डिस्चार्ज

काठमाडौं,२६ माघ । नेपालमा सोमबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३३३ जनाको पिसिआर परीक्षण गर्दा ६९ पुरुष र ६० महिला गरी १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…