घिसिङलाई एकैपटक तीन मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कुलमान घिसिङलाई एकैपटक तीन मन्त्रालयको जिम्मेवारी दिएको छ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालय सम्हाल्ने भएका हुन्।

लोडसेडिङ अन्त्य गरेर “उज्यालो नेपाल”को परिचय दिलाएका घिसिङ पहिलोपटक २०७३ सालमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए। सो क्रममा उनले तत्कालै काठमाडौं उपत्यकामा तिहारदेखि विद्युत कटौती नगर्ने व्यवस्था मिलाएर देशभरका उपभोक्ताबीच लोकप्रिय बनेका थिए।

चिलिमे जलविद्युत आयोजना हुँदै प्राधिकरणको नेतृत्वसम्म पुगेका उनले घाटामा गएको संस्थानलाई नाफामुखी बनाउन सफल भएका थिए। यही कारण उनी आज पनि कुशल ऊर्जा व्यवस्थापकको रूपमा चिनिन्छन्।

You might also like