गाउँमा शुद्ध पानीको पहुँच अभियान इस्माली समाज युएईको पहलमा सुरु

गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन्। सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्,इस्मा गाउँपालिकाका बासिन्दा ।

वर्षाैँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले अहिलेसम्म पनि सफा, शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन्। सरकारको ‘एक घर, एक धारा’ कार्यक्रम भए पनि काम अगाडि बढेको छैन ।

त्यही समस्या समाधान गर्ने उद्देश्यले शुद्ध पानी, स्वस्थ जीवनहाम्रो सपना – प्रत्येक घरमा शुद्ध पानीको पहुँच।“One Home, One RO Filter” अभियान इस्माली समाज युएईको पहलमा सुरु गरिएको छ।

यो परियोजनाको मुख्य उद्देश्य इस्मा गाउँपालिका अन्तर्गत प्रत्येक घरमा शुद्ध पिउने पानीको सुविधा पुर्‍याउनु हो, ताकि स्वास्थ्यमूलक जीवनशैलीलाई प्रवर्द्धन गर्न सकियोस् भन्ने रहेको संस्थाका महासचिवले जानकारी दिनुभयो । यस अभियानलाई सफल बनाउन हामी इस्मा क्षेत्रका सबै राजनीतिक दलहरू, राजनीतिक व्यक्तित्वहरू, इस्मा गाउँपालिकाका सम्माननीय प्रतिनिधिहरू, तथा देश–विदेशमा रहेका सम्पूर्ण इस्माली समाजसँग उहाँले अपिल पनि गर्नु भयो ।

गाउँ समाजको आवश्यकता र समयको माग अनुसार अभियान सञ्चन भएको महासचिवले बताउनु भयो । उहाँ भन्नु हुन्छ – “शुद्ध पानी हरेक व्यक्तिको आधारभूत आवश्यकता हो र यसले समुदायमा दीर्घकालीन स्वास्थ्य लाभ पुर्‍याउनेछ।हामी सबैलाई आग्रह गर्दछौं कि यस परियोजनामा एकजुट भई सहयोग र सहकार्य गर्नुहोस्। तपाईंहरूको सशक्त समर्थन र सहभागिताले मात्र यस अभियानलाई पूर्ण सफल बनाउन सकिन्छ”।

You might also like