आयोजकले सोचे भन्दा धेरै उपस्थित हुँदा पाणिनी सम्मेलन अस्थ व्यस्थ
प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण रहेको दाबी गरेका छन् ।
चैत्र २७,अर्घाखाँची
पाणिनी गाउँपालिकाले आयोजना गरेको एतिहासिक पाणिनी सम्मेलन आयोजकले सोचे भन्दा धेरै जन मानस उपस्थित भएपछि अस्थ बेस्थ देखिन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनेपछि जनमानसको बिहानै देखि पाणिनी आउने चाप थियो । । ओली ११ बजे आउने कार्यक्रम तय भए पनि करिब २ घण्टा ढिलो गरी कार्यक्रम स्थलमा आएका थिए ।
पाणिनी ठाउँ चिसो भएपनि सम्मेलनमा मान्छेको चापले गर्दा गर्मी नै थियो । त्यसमाथि आयोजकले पानीको व्यवस्थापन गर्न नसक्नु र बोकेर ल्याइएका बोतल पनि प्रहरीले गेटमै फल्दिदा सबै इल्ली बिल्ली देखिन्थे ।
तिर्खाले आकुल व्याकुल भए पनि प्रधानमन्त्रीको भाषण सुन्न पाइन्छ भन्नेमा सबै विश्वस्त थिए तर साउन्ड सिस्टम गतिलो नहुँदा मञ्चमै बसेका अतिथि बाएक अरूले भाषण सुन्न पाएनन् । सबै बीचमा उठेर हिँड्न लागेपछि प्रधानमन्त्रीले आफैले सुनिएन म केही मिलाउँछौं त भने तर त्यो सफल भएन साउण्ड सिस्टमले आवज बनाउन सकेन । त्यसमाथी पानीले झन् कार्यक्रम बिथोलियो ।
ठोरीमा राम जन्मेको दाबी गरेका प्रधानमन्त्रीले पाणिनी आएर पनि पाणिनी ऋषि नेपालमै जन्मेको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण रहेको दाबी गरेका छन् ।
अर्घाखाँचीमा ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँचीको पाणिनीमा भएकोमा कुनै शंका नरहेको बताए ।
‘विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो, यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुवात भयो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले थपे, ‘ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो ।’
पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताए ।
‘पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो’ उनले भने, ‘पाणिनिले मात्र नभई शिव, शृङ्ग्य ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र पाणिनीको प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिन्छ ।’
नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको भन्द्र उनले धार्मिक र पर्यटकिय स्थलको रूपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी लगायतले पाणिनीको विकासमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ ।