“रजा ए मुस्तफा मस्जिद समितिको साधारण सभा सम्पन्न, निर्वाचन प्रक्रिया सहमति नजुट्दा स्थगित”

बुटवल । बुटवलस्थित रजा ए मुस्तफा मस्जिद समितिको ३१औं साधारण सभा तथा १६औं अधिवेशन आज एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भए पनि बन्द सत्रपछि भएको निर्वाचन प्रक्रिया सहमति जुट्न नसक्दा स्थगित गरिएको छ।

निर्वाचन मण्डलले बन्द सत्रपछि निर्वाचन प्रक्रिया अगाडि बढाए पनि सहमतिमा पुग्न नसक्दा निर्वाचन कार्य हाललाई रोकिएको हो।

उमेदवारले आफ्नो उम्मेद्बारी निर्वाचन मण्डलमा शुल्क तिरेर दर्ता समेत गराएका थिए तर पछि सहमतिमा आउन नसकेपछी मण्डलले शुल्क फिर्ता गराई उमेदवार पनि फिर्ता गराएको थियो ।

निर्वाचन मण्डलका अनुसार ईद पर्वपछि मात्र निर्वाचन प्रक्रिया पुनः सुरु गरिनेछ।

हालका लागि मस्जिद समितिको दैनिक कार्य सञ्चालन यही निर्वाचन मण्डलले गर्नेछ। नयाँ कार्यसमिति चयन नभएसम्म मस्जिद व्यवस्थापनका कार्यहरू सुचारु रहने निर्वाचन मण्डलले जनाएको छ।

You might also like