राष्ट्रियस्तरको क्रिकेट जितेका प्यारामाउन्टका खेलाडीलाई बिद्यालयको सम्मान
बुटवल ।
राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागि भई बिजयी बनेको तिलोत्तमाको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले बिद्यार्थीहरुलाई सम्मान गरेको छ । मंगलबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बिद्यार्थी खेलाडीहरु तथा टिम कोच र प्रशिक्षकहरुलाई सम्मान गर्दै नगर परिक्रमा समेत गराईएको छ ।
बिद्यालयमा आयोजित सम्मान कार्यक्रममा बोल्दै टिम कोच वसन्त शाहीले आफुहरुका लागि यो ठुलो सफलता भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा बोल्दै बिद्यालयका अध्यक्ष पुर्ण प्रसाद सापकोटाले रुपन्देही क्रिकेटको उर्वर भूमि भएको बताउँदै त्यसको लागि तिलोत्तमाको प्यारामाउन्टले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए । उनले क्रिकेटमा प्यारामाउन्टले ठुलो लगानी गरेको उल्लेख गरे ।
कार्यक्रममा प्रध्यानाध्यापक डा दामोदर भुसालले राष्ट्रिय च्याम्पियन हुनु ठूलो गौरवकोा विषय भएको बताउँदै यसको जानकारीको लागि तिलोत्तमाका बिभिन्न क्षेत्रमा खेलाडीहरुलाई परिक्रमा गराईएको जानकारी गराए ।
प्लस टू संयोजक लक्ष्मण अर्यालले अहिले पटक राष्ट्रियस्तरको प्रतियोगिता जित्न सफल भएको बताउँदै आगामी वर्षका खेलहरुमा पनि प्यारामाउन्टले नै उपाधी ल्याउने गरि तयारी थाल्ने बताएका थिए ।
शिक्षक विपिन खत्रीले कक्षा ८ देखी १२ सम्मका बिद्यार्थीहरुलाई र्यालीमा लगिएको जानकारी दिए ।
ई–प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले जितेको थियो ।उपाधि सहित प्यारामाउन्टले नगद १ लाख हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरेको छ ।
यसअघि भएको लुम्बिनी प्रदेश छनोट प्रतियोगितामामा लुम्बिनी प्रदेशका ८ बिद्यालयलाई पराजित गदैए च्याम्पीयन बन्दै नगद ५० हजार रुपैयाँ हात परेको थियो । गत माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सातवटै प्रदेशमा भएका छनोट प्रतियोगिताबाट बिजेता बिद्यालयबिच खेल भएको थियो । प्रतियोगिताको फाईनल यहि माघ २६ गते काठमाण्डौमा भएको थियो ।