तमु ल्होसारको अवसरमा सभामुख घर्तीमगरद्धारा शुभकामना व्यक्त
बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तमु ल्होसारको अवसरमा देश–विदेशमा रहनु हुने लुम्विनी प्रदेशवासी गुरुङ्ग समुदाय एवं गैर गुरुङ्ग समुदायका आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।
। तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष । आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । मुप्री ल्हो (गरुड वर्ग) लाई बिदाई गर्दै सप्री ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै तमु ल्होसार मनाईदै छ । सभामुख घर्ती मगरले गुरुङ्ग समुदायले विशेष पर्वको रुपमा मनाइने ल्होसारले समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।
“नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यहां विभिन्न जात–जातिको आफ्नै भाषा, संस्कृति र मौलिक पहिचान छ । गुरुङ्ग समुदायको आफ्नै पुर्खाेली थातथलो, भाषा, लिपी र मौलिक संस्कार संस्कृति कला बोकेको बहुआयमिक पहिचान जसको आफ्नै जीवन शैली छ ।” उहांले आज विहान जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ– आदिवासी जनजातिमा सूचिकृत यो समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको छ विभिन्न जातजाति भाषा भाषी भएको सुन्दर नेपालमा अझै सुन्दरता थप्न यो समुदायको विशेष महत्वपूर्ण भूमिका रहेको छ ।” उहाँले जनयुद्ध जनआन्दोलन र भिभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्तिमा यो समुदायको अग्रणी भुमिका रहेको कहिलै भुल्न नसकिदैन शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ।
“जनयुद्ध जनआन्दोलन र भिभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्तिमा यो समुदायको अग्रणी भुमिका रहेको कहिलै भुल्न सकिदैन । जनयुद्ध,जनआन्दोलन लगायत विभिन्न संघर्ष र बीरतापूर्ण बलिदानबाट मुलुकमा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित गर्न सफल भएका छौं । हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा यसलाई संमृद्ध र सबल बनाउन सकिन्छ । ” शुभकामना सन्देशमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सभा सामाजिक न्याय र सामाजिक सद्भावलाई स्थापित गर्न जातीय भाषिक र धार्मिक रुपमा उत्पीडित समुदायको भाषिक, धार्मिक र सांस्कृतिक हक अधिकार संरक्षणको लागि नीति, कानुन निर्माणमा विशेष प्रतिबद्ध रहेको जनाउनु हुँदै सभामुख घर्ती मगरले आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक हिसावले पछाडी पारिएका समुदाय, क्षेत्र, लिङ्ग, वर्गको उत्थान गर्दै समतामुलक सम्मुनत समाज निर्माणमा नीतिगत रुपमा पहल कदमी लिएको र लिईरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
संघीय शासन प्रणालीको महत्वपूर्ण पक्ष भनेको सामाजिक विविधताको सामाजिक एकता भएको र सामाजिक विविधता र सामाजिक एकता भित्र हरेक समुदायको भाषा, संस्कृति र मौलिक सभ्यता पर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । “यसैलाई प्रवद्र्धन गर्न तमु ल्होसारले सम्पुर्ण नेपालीहरुमा आपसी मित्रता, भाईचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको कायम गर्न महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा सहित तमु ल्होसारको अवसरमा पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उल्लेख छ ।