झरना ३६ औ रनिङशिल्ड फुटबल प्रतियोगितामा गोर्खा ब्याईजको विजयी शुरुवात
गोर्खा ब्याइज क्लबका सुनिल खड्काले खेलको ९ औ मिनेटमा हेडमार्फत गोल गर्दै खाता खोलेका थिए ।
माधब पौडेल बुटवल
बुटवल, २ असोज ।
रुपन्देहीको पुरानो र प्रतिष्ठित झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करणमा गोर्खा ब्याईज क्लबले विजयी भएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा भएको उद्घाटन खेलमा गोर्खा ब्याइजले भुपुसैनिक युवा क्लबलाई ६—२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्याइज क्लबका सुनिल खड्काले खेलको ९ औ मिनेटमा हेडमार्फत गोल गर्दै खाता खोले । खेलको २० औ मिनेटमा गोर्खा ब्याईजका अंकित सिजापतिले आकर्षक गोल गरे । खेलको २५ औ मिनेटमा निराजन खत्रीले तेस्रो गोल गरे । खेलको ४५ औ मिनेटमा निशान्त न्यौपाने टिमलाई चौथो गोल गरे । एकतर्फी हाबी रहेको खेलमा दोस्रो हाफमा निराजन खत्रीले ब्यक्तिगत दोस्रो तथा टिमलाई पाचौ गोल गरे । निराजन खत्रीको पासमा सुनिल खड्काले छैटौ गोल विजयी गोल गरे । खेलमा भुपुसैनिकका सुरेश कुमाल र सन्देश श्रेष्ठले गोल गरेका थिए । खेलको सन्देश श्रेष्ठले डिबक्सबाहिरबाट गरेको प्रहार जाली चुम्यो । खेलको २८ औ मिनेटमा भुपुका सुरेश कुमालले डिबक्सबाहिरबाट हानेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।
एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गरेका छन । क्लबहरुको पु्र्खाका रुपमा पहिचान बनाएको छ । तिलोत्तमा नगरपालिका युवा खेलाडीहरुलाई सम्मान गर्ने, खेल पुर्वाधारमा जोड दिने प्रतिवद्घता जनाउदै खेलको हबका रुपमा विकास गर्ने बताए । नगरकै सभ्य, संस्कार बोकेको कुन्जलापुर बासिन्दा खेल विकासमा महत्वपुर्ण योगदान दिदै आएको उनले बताए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), उपप्रमुख जागेश्वरी चौधरी, क्लबका पुर्व अध्यक्ष छत्र बहादुर दर्लामी, झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेलले खेल विकासमा सरकारबाट सहयोग जरुरी रहेको बताए । विहिबार नवयुवा खेलकुद तथा सास्कृतिक परिवार र कपिलबस्तु— ११ का बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए । तिलोत्तमा भेट्रान्स फुटबल अभियानले प्रतियोगिता संचालन गर्न क्लबका अध्यक्ष पौडेललाई पाच वटा फुटबल हस्तान्तरण गरेका छन ।