शिखर इन्स्योरेन्स बुटवल शाखाद्वारा चपरहट्टि क्लवलाई जर्सी हस्तान्तरण

भदौ १८ , बुटवल ।
तेस्रो चपरहट्टि 7A साइड फुटबल प्रतियोगितामा खेलाडीको हौसला बढाउन शिखर इन्स्योरेन्स बुटवल शाखा द्धारा प्रदान गरिएको जर्सी बुटवल शाखा प्रमुख विक्रम कार्कीले तेस्रो चपरहट्टि 7A साइड फुटबल प्रतियोगिता २०८१ चपरहट्टि क्लब बाट खेल्ने खेलाडीहरुलाई उपलब्ध गराउनु भएको छ ।
जर्सी हस्तान्तरण गर्दै कार्कीले आफूले गरेको सानो सहयोग बाट खेलाडीको मनोबल बढ्ने र खेल्न अझै प्रेरणा मिल्ने बताउनु भयो । खेल र खेलाडी प्रति आफ्नो सधैं सम्मान रहने उहाँले बताउनु भयो । विशेष फुटबल र फुटसल खेलमा आफ्नो पनि लगाव रहेको बताउँदै कार्कीले आफू फुर्सदमा फुटसल खेल्ने बताउनु भयो ।
जर्सी बुझ्दै चपरहट्टि क्लबका अध्यक्ष राजकुमार रास्कोटि मगरले एक खेलसंग सम्बद्ध क्लबलाई अर्को सामाजिक क्षेत्रमा क्रियासिल संस्थाले खेल सामग्री प्रदान गरी हौसला प्रदान गर्दा खेल भावना अझै बढेको र खेलाडीमा समेत उत्साह छाएको बताउनु भयो ।
जर्सी हस्तान्तरण कार्यक्रममा खेल संयोजक साजन रास्कोटि मगर , समाजसेवी रोहण खाण, शिखर इन्स्योरेन्स बुटवलका सन्दिप भुसाल र कप्तान अन्कित रास्कोटि मगर लगायतको उपस्थिति थियो ।
आईतबार बाट सुरु भएको तेस्रो चपरहट्टि 7A साइड फुटबल प्रतियोगितामा ३० टिमको सहभागिता छ ।

You might also like