युवा व्यवसायी “शक्ति खत्रीको ” अभिनयमा नयाँ तीज गीत सार्वजनिक
गिरीको शब्द रहेको उक्त गितमा नरेश खाँतीले संगीत दिएका छन् । म्युजिक भिडियोमा करिस्मा ढकाल, विमल अधिकारी, अस्मिता रनमान र शक्ति खत्रीको अभिनय छ ।
बुटवल ३१ ।
महिलाहरुको महानपर्व हरितालिका तीज आउन केहि समय बाँकी छ ।कलाकारले तीज गीत सार्वजनिक गरेका कारण तीजको रन्को भने बढ्दैछ । विशेषगरी तीज गीत विभिन्न विद्युतिय सञ्चार माध्ययमबाट प्रसारण हुँदा तथा युट्युव, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट भई दर्शकले हेर्न थालेका कारण तीजको रौनकता देखिदै गएको छ । तीज गीतमा मौलिकता हराउँदै गएको बेला भने चर्चित गायक तथा सर्जक उज्जल गिरी ‘दानविर’ ले नयाँ तिजको कोसेली स्वरुप ‘तिम्रै चर्चा छ’ गित सार्वजनिक गरेका छन् । गायक गिरी र चर्चिक गायिका शान्ति श्रीपरियारको आवाजमा सजिएको तिम्रै चर्चा छ सार्वजनिक भएको हो ।
उक्त गित गायक उज्जल गिरीकै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गिरीको शब्द रहेको उक्त गितमा नरेश खाँतीले संगीत दिएका छन् । म्याजिक भिडियोमा करिस्मा ढकाल, विमल अधिकारी, अस्मिता रणपाल र शक्ति खत्रीको अभिनय छ ।