स्वर्गीय हजुरआमाको नाममा खत्रीको “शिव आधारभूत बिद्यालय”मा सहयोग

श्रावण २७,बुटवल
गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर ७,भुर्तुङ्ग हाल नयाँगाउँ निबासी यूवा ब्यवसायी शक्ति खत्रीले श्री शिव आधारभूत बिद्यालय कालीगण्डकी ७,भुर्तुङ्ग नेटाका विद्यार्थीहरु लाई स्वर्गीय हजुरआमा अम्बकला खत्रीको बार्षिक पुण्य तिथिको अवसरमा पोसाक बितरण गरेका छन् । उक्त पोसाक बुवा खड्ग बहादुर खत्री द्वारा बितरण गरिएको हो । पोसाक वितरण गर्दै शक्ति खत्रीले आफूले पढेको स्कूलमा समान दिन पाउने आफ्नो सौभाज्ञ भएको बताए । विद्यालयमा अध्ययनका लागि आउने छात्रछात्राहरू समान भएको देखाउने विद्यालय पोसाक भएको बताउनुहुँदै खत्रीले विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गर्ने कारण यो वितरण गरिएको बताए ।
कार्यक्रम विद्यालयका प्रधानध्यापक मुकेश भट्टराईले दाता लाई धन्यवाद दिए । यि सामाग्री को प्रयोग बाट शिक्षण सिकाइ क्रियाकलाप काममा सजिलो हुने उनले बताए ।
खत्री हाल बिभिन्न ब्यवसाय संचालन गरि बुटवलमा रहेका छन् । उक्त पोसाक बितरण संगै प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन पुरस्कार बितरण समेत गरिएको छ ।

You might also like