लियो क्लब अफ बुटवल सिद्घबाबाले गर्यो रक्त सञ्चार केन्द्रमा रक्तदान
लियो क्लब अफ बुटवल सिद्घबाबाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नलका एलसिआईएफ डिष्ट्रिक कोअर्डिनेटर सन्दिप कशौधनले रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि शुभारम्भ गर्नु भयो ।
युवाहरु समुदायमा रहेर सामाजिक कार्यमा अग्रसर हुँदै आफ्नो दक्षता वृद्धिमा संघसंस्थाहरुको महत्व रहेको बताउँदै डेङ्गु संक्रमण का बीच रक्तदान गरेकोमा क्लवलाई धन्यवाद दिनुभयो ।
संस्थाबाट प्रत्येक ३–३ महिनामा नियमित रक्तदान कार्यक्रम गर्दै आएको संयोजक प्रानेश पौडेलले बताए । बिरामीका आफन्तहरु रगत अभावमा नपरोस भनेर क्लबबाट अभियान चलाउदै आएको उनले बताए ।
कार्यक्रममा ४० युनिट रगत संकलन भएको उनले बताए ।
क्लबका अध्यक्ष वसन्त रिजालले वर्षभरि क्लबको नियमित कार्यहरुसंगै रक्तदानलाई विशेष महत्व दिएको बताए । समुदायमा रहेर विविध रचनात्मक कार्यहरु गर्दै आएको उनले बताए ।