सन्तोष कुमार पाण्डेय बने लुम्बिनी प्रदेशको पहिलो गृहमन्त्री

देउखुरी , दाङ्
लुम्बिनी प्रदेशको पहिलो गुहमन्त्री सन्तोष कुमार पाण्डेय बनेका छन् । लुम्बिनी प्रदेश सरकारले दुईवटा मन्त्रालयको फेरेर राजपत्रमा प्रकाशित गरेसँगै पाण्डेय गृहमन्त्री बनेका हुन् । पाण्डेय लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत हुन् । मन्त्रीपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको थियो । त्यस्तै बैठकले आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको थियो । त्यसै गरी प्रदेशको आर्थिक मामिला मन्त्रालयको नाम फेरिएपछि धन बहादुर मास्की अब अर्थ मन्त्री बनेका छन् ।लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यविभाजन नियमावली २०७९ को अनुसूची–१ र अनुसूची–२ मा संशोधन गरिएर प्रदेश राजपत्रमा प्रकाशित भएपछि मन्त्रालयहरुको नाम परिवर्तन भएको हो ।

You might also like