रुपन्देहीमा मंगलबार शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दिन मुसलमानको निधनप्रति जिल्ला समन्वय समितिले गहिरो शोक प्रकट गरेको छ। समितिले उहाँको निधनप्रति शोक बिदा दिने निर्णय गरेको छ।
भदौ १७ गते मंगलबार जिल्लाभरका सबै कार्यालय बन्द हुनेछन्। सो दिन सबै पालिका तथा पालिका मातहतका भवनमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ।
जारी सूचनामा स्व. मुसलमानको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।