‘इन्टरनेट गुरु भोला राम र श्रीमती’ को पहिलो भाग सार्वजनिक

साउन ११ गते
राफल्स एजुकेयर एशोसिएट्सको प्रस्तुति रहेको नयाँ हास्य टेलिसिरिज ‘इन्टरनेट गुरु भोला राम र श्रीमती’ – सिजन १ को पहिलो भाग आज सार्वजनिक गरिएको छ । श्रृंखलाको निर्देशन नारायण प्रधान द्वारा गरिएको हो भने कथा लेखन अर्जुन पोखरेलले गरेका छन् ।
पहिलो भागमा देखाइए अनुसार, श्रृंखला सामाजिक सञ्जाल र प्रविधिमा अत्यधिक निर्भर जीवनशैलीको पृष्ठभूमिमा आधारित हास्यकथा हो, जसमा भोला राम (भूमिकामा अर्जुन) इन्टरनेटको जालमा अल्झिएका देखिन्छन् भने संकु (भूमिकामा संगम) परम्परागत सरल जीवनशैली साथै छिमेकीको चियो चर्चा गर्ने प्रतिनिधित्व गर्दै गरेको देख्न सकिन्छ । जस्लाइ छायांकन रेवन महत ले गरेका छन ।

निर्देशक नारायण प्रधान तथा लेखक द्धय अर्जुन पोखरेल भन्छन्,
“आजको प्रविधिप्रेमी पुस्ता र पारिवारिक जीवनबीचको द्वन्द्वलाई मनोरञ्जनात्मक ढंगमा देखाउने हाम्रो प्रयास हो । हाँसोका साथ सन्देश पनि दिनेछौ ं।”

श्रृंखलामा समसामयिक विषयवस्तु, मज्जाले बुनेको कथा र उत्कृष्ट अभिनय रहने अपेक्षा गरिएको छ। विशेष गरी अर्जुनको हास्य समयबोध र संगमको सशक्त उपस्थिति दर्शकहरूका लागि विशेष आकर्षण हुनेछन्।
‘भोला राम र श्रीमती’ सँगै हाँसो, माया र डिजिटल दुनियाँको मज्जा लिन सक्नुहुनेछ ।

You might also like