रोटरी क्लव अफ बुटवलको पहिलो बैठक ः स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने

१सय परिवारको स्वास्थ्य बीमा र ५० थान कम्यूटरको विद्यालयमा ल्याब बनाईदिने

बुटवल २८ असार
रोटरी क्लव अफ बुटवलको सन २०२५ । २६ का लागि निर्वाचित नयां कार्य समितीको शनिवार पहिलो बैठक बसेको छ । पहिलो बैठकले स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । क्लवको कार्यालयमा बसेको वैठकले स्वास्थ्य क्षेत्रमा कमजोर आर्थिक अवस्था भएका १ सय घर परिवारको निशुल्क स्वास्थ्य बीमा गराई दिने, नवलपरासीको मुशहर बस्तीका जनतालाई निशुल्क इन्डकस्न चुलो प्रदान गर्ने निर्णय गरिएको क्लव अफका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनु भयो ।
त्यस्तै वैठकले शिक्षा क्षेत्रमा बुटवल र सैनामैनाका एक एक सामुदायीक विद्यालयमा कम्तीमा २५ सेट कम्यूटर सहितको ल्याब स्थापना गर्ने द्धृष्टि बिहिन विद्यार्थीलाई सेतो छडी वितरण गर्ने, र खानेपानी तर्फ गुल्मीको दिबरुङमा खानपानी परियोजना संचालन गर्ने बैठकले निर्णय गरेको अध्यक्ष पराजुलीले बताउनु भयो ।
त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजलाई उपलब्ध गराएको रगत संकलन भ्यानको बढीभन्दा बढी सदुपयोग गर्न भनी शनिवारै रुपन्देहीको देवदह ३ बसन्तपुरमा संचालित रोटरी सामुदायीक ग्राममा गएर रक्तदानलाई प्रभावकारी बनाउनका लागि मोटीभेशन कार्यक्रम गरिएको क्लवका पब्लिक इमेज चेयर गोबिन्द खनालले बताउनु भयो ।
यी र यस्तै कार्यक्रमसंगै आगामी दिनमा आवश्यकता अनुसार कामगदै जाने क्लवले निर्णय गरेको सचिव शिव ज्ञवालीले बताउनु भयो ।

You might also like