धातिवाङ्ग –रुपन्देही सम्पर्क समाजको आठौ वार्षिक साधारण सभा बुटवलमा सम्पन्न

अर्घाखाँची धातिवाङ्ग –रुपन्देही सम्पर्क समाजको आठौ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै जिल्ला न्यायधिस श्री धनीश्वर पौडेलले समस्यामा परेका आफ्ना सदस्यहरुको सहयोगमा सम्पर्क समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै सामाजिक संघ संस्थाहरुलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए ।

उनले हरेक सामाजिक गतिविधिमा संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले आपसी सम्बन्ध र एकतालाई अझ मजवुद बनाएर रचनात्मक कार्यलाई अगाडि बढाउन आग्रह गरे ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष पिताम्बर पाण्डेयले आगामी दिनमा समाजले बिगतका कामहरुलाई निरन्तरता दिनुको साथै विभिन्न रचनात्मक कार्यहरुलाई अगाडि बढाउने उद्देश्य लिएको बताए ।

त्यस्तै साधारणसभामा कोषाध्यक्ष सुमन पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष थानेशोर पौडेल ,निवांतमान अध्याक्ष देवि प्रसाद पौडेल , सल्लाहकार हरि प्रसाद पौडेल, सल्लाहकार जनार्दन पौडेल ,आजीवन सदस्य नेत्र पौडेल लगायतले बोल्दै समाजले धतिवाङको उत्थानमा ठोस कदम चाल्न पर्ने बताए । कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा पौडेलले गरेका थिए ।

समाजमा रहेका बृद्धबृद्धाहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्ने हेतुले कार्यक्रममा सम्पर्क समाजले वृद्य बुवा हरु विष्णु प्रसाद पौडेल र भोजराज पौडेल लाई सम्मान समेत गरेको छ ।

समाजले सभा बाट प्रविधि र बैंकिङ्ग साक्ष्रारता संग समाज लाइ जोडने उद्देश्य सहित १ दिने बैंकिङ तालिम राख्ने र ध्यान योगा र शारिरिक व्यायामले शरिरलाइ स्वाथ्य राख्ने हुनाले त्यस सम्बन्धि कार्यक्रम गर्ने गरी साधारण सभा बाट पारित गरेको सचिव हरी प्रसाद घिमिरेले जानकारी दिए ।

You might also like