भोलि बाट सुरु हुँदै परामर्श व्यवसायी बीच “ईन्डोर” क्रिकेट प्रतियोगिता
जेठ २९ , बुटवल
शैक्षिक परामर्श व्यवसायीहरुलाई एकताबद्ध बनाउने उदेश्य सहित राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउन एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट कप प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।
विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जेठ ३० शुक्रबार र ३१ गते शनिबार हुने प्रतियोगिताको सबै तयारी पुरा भएको संघका अध्यक्ष गणेश पौडेलले बताउनु भयो ।
परामर्शदाताहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको उहाँले बताउनु भयो । प्रतियोगिताको टिम दर्ता, स्पोन्सर लगायतका सबै तयारी पूरा भएको उहाँले बताउनु भयो ।
लुम्बिनी क्रिकेट एरिनामा हुने प्रतियोगितामा ३६ टिमले प्रतिस्पर्धा गर्ने खेल संयोजक दुर्गा पन्थीले बताउनु भयो । ईण्डोर खेल ६ ओभरको हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनु भयो ।