उजिरसिह टिट्वान्टी क्रिकेट जेठ ३० बाट हुदै
स्वस्तिक श्रेष्ठ
बुटवल, २७ जेठ।
क्रिकेट खेलको विकास र युवा खेलाडीलाई प्रोत्साहन गर्ने गरि बुटवलमा क्लबस्तरिय क्रिकेट प्रतियोगिता गरिने भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा जेठ ३० देखि असार ७ गतेसम्म
उजिरसिह रनिङशिल्ड टिट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो ।
नरेश्वर क्रिकेट रंशशालामा हुने प्रतियोगितामा हुने प्रतियोगिताको तयारी पुरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि बुटवल क्रिकेट विकास समितिका कावा अध्यक्ष रोमित बज्राचार्यले बताए। न्यु होराईजन क्लब, वेष्ट्रन क्रिकेट क्लब , गोलपार्क क्रिकेट क्लब, बुटवल ईलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टिम सहभागी हुने प्रतियोगिता टिट्वान्टी फरमेटमा ड्युजबलबाट खेलाइने उनले बताए।
प्रतियोगिताको उपाधि विजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक भुवन पाण्डेले बताए। यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिज ३५००, कप, मेडल, प्रमाणपत्र, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २५०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।
बुटवल क्रिकेट क्लबका संस्थापक अध्यक्ष गंगाराम सुनारले प्रतियोगितालाई निरन्तरता दिन जरुरी रहेको बताए।
प्रतियोगिता आयोजना गर्न पाच लाख रुपैया खर्च हुने अनुमान रहेको समितिका सहसचिव आयुष बोगटीले बताए। गतवर्ष बेष्ट्रन क्रिकेट एकेडेमी विजेता र न्यु होराईजन क्लब उपविजेता रहेको थियो।