भारत–पाकिस्तान विवादले दिएको दिशानिर्देश -: प्रेम चन्द गुप्ता
जेठ-६ , बुटवल
भारत र पाकिस्तान को तुलनामा पाकिस्तान जन्म र धर्मको आधारमा जेठो (पाकिस्तान जन्म १४ अगष्ट १९४७, भारत जन्म १५ अगष्ट १९४७) भएपनि क्षेत्रफल जनसंख्याविकासमा भारत नै जेठो देखिन्छ । परमाणु हथियारमा दुवैकोपहुच देखिएपनि संवैधानिक धरातलको भुराजनीतिक आवस्थामा पूर्ण गणतन्त्र संघीयता र धर्म निरपेक्षतमा भारत प्रगतिशिल वाटोमा अग्रसर छ । अर्कोतिर पाकिस्तान भने स्लामिक राज्यको नाताले त्यहाका धार्मिक अतिवादी हरु को पडक भने राज्य सतामा वढÞिछ जसले धार्मिक उन्माद बढाएको छ।
आफ्नै राष्ट्र भारत वाट छुट्टीएर स्लामिक राज्य पाउने तर रैथाने भारतीयहरु हिन्दू राष्ट्र नपाएकोले उनमा भारी असंतोष र रोष देखिन्छ ।यद्दपि भारत र पाकिस्तान को सामाजिक धरातल, पूर्वमा लामो समय सम्म समान रुपमा रहे पनि धार्मिक आधारमा पाकिस्तान को विभाजनले भारतमा भएकाधार्मिक अतिवादीहरू को बाटोमा भारतीय संविधान तगारोको रुमा आएको उनीहरूको ठम्याइ छ । लामो समय सम्म सत्तामा रहेको भारतीय काग्रेसले आफ्नो गणतांत्रीक संवैधानिक मर्म लाई आम जनतामा बुझाउन न सक्दा त्यहाँका धार्मिक अतिवादीहरू पाकिस्तान जस्तै उन्मादी बाटो समाती धार्मिक हिन्दु राष्ट्र तिर अग्रसर भएको देखिन्छ ।त्यसको भरपूरलाभ वर्तमान भारतको सत्ता रुढ पार्टी (बिजेपीले पाउनु स्वाभाविकै थियो, जो पाई पनि रहेको छ यसरी धार्मिक प्रतिद्वन्दिताले विवाद र संघर्ष दुबै राष्ट्रकोविकास र निर्माणमा अवरोध पुर्याईरहेको छ जस्को नतिजा १९४७ को इण्डो–पाक स्वतंत्रता भन्दा दुई वर्ष पछाड़ि अर्थात १९४९ मा सास्कृतिक क्रान्ति बाट अगाडी बढेको पिपलस रिपब्लिक अफ चाईना आज संयुक्त राज्य अमेरिकाको समान्तर पुग्न लागेको तथ्य घाम जस्तै छर्लग्ङ छ । आजको यथार्थ पनि यही हो ।
अब हामी हाम्रो राज्य नेपाल तिर ध्यान दिउँ । विगतमा विश्वव्यापी रूपमा भएको विज्ञान र टेक्नोलोजीको विकासमा नेपाल सामिल हुन नसकेको ले हाम्रो प्रगतिमा ठुलो अवरोधको सृजनाभयो सत्ताको लागि राजतन्त्रमा भएको जघन्य अपराधहरुको श्रृंखला (कोतपव, दरवार हत्याकाण्ड) लामो समय सम्मको गृह कलह हामी लाई इनारको भ्यागुतो जस्तो एकांकी बनाएको कसै वाट लुकेको छैन ।
अहिलेको वर्तमान लोकतन्त्रमा पनिएकातिर अतिवादी वामपन्थीहरू र अर्कोतिर चरम दक्षिण पन्थीहरु विचको उग्रता र उन्मादले राज्यलाई अंधकारतिर बाट निरासातिर धकेल्दै सैनिकीकरण तिर लैजाने प्रवल खतरा छ ।
अहिलेको वर्तमान लोकतन्त्रमा पनिएकातिर अतिवादी वामपन्थीहरू र अर्कोतिर चरम दक्षिण पन्थीहरु विचको उग्रता र उन्मादले राज्यलाई अंधकारतिर बाट निरासातिर धकेल्दै सैनिकीकरण तिर लैजाने प्रवल खतरा छ। यस्तो हुदा हुदै पनि नेपाल को आर्थिक अवस्था प्रतिव्यक्ति आय भारत र पाकिस्तान भन्दा धेरै टाढा छैन (यदि भारत र पाकिस्तान को १००–१०० व्यापारिक धराना लाई छोडी दिने हो भने) नेपालको जनसरख्या भन्दा बढÞि भारत र पाकिस्तानमा भिख मागेर खाने हरुको छ । उपयुक्त दुवै राज्य को जनसंख्या को उल्लेखनीय भाग शहर हरूमा ओभर वृज को तल, झुङ्गी–झुपडीमा र प्लाटिक को टहरा बनाई फोहर पानी बग्ने ड्रेन को माथी र वर पर जिवन विताई रहेका छन् ।
स्पष्ट निति को अभावमा आज सम्म हाम्रो राज्य “कि कर्तव्य विमुढ“ को अवस्थामा रहन वाध्य भएको छ । कहिले असंलग्न परराष्ट्र निति, कहिले समदूरी सिद्धन्त, कहिले दुई ढुङ्गा को बिचको तरुल जस्ता काल्पनिक र वाहियात विचारले भविष्य को भयावह भूमरीमा फसेको नेपाल आज भारत पाकिस्तान विवादमा भने आफ्नो निति स्पष्ट रूपमा राख्न सफल भयो, जो कठोर भएपनि आजको यथार्थ हो । यथार्थ लुकाउने होईन, यथार्थ सँग डराउने पनि होइन यथार्थ संग सहकार्य गर्ने अवसर हो यो । यथार्थमा नै सबैको उज्जवल भविष्य र व्यवस्थापन छ ।
अब कुरा भारत–पाकिस्तान विवाद वा युद्धको । युद्ध तब सम्म मानिदैन जबसम्म थल सेना अर्को राज्यको सिमा भित्र प्रवेश गर्दैन वा भूमि कब्जा गर्दैन, त्यो यहाँ भएकै छैन भारत वा पाकिस्तानको कुनै थल सेना अर्को देशमा प्रवेश गरेकै छैन । अर्को कुरा जब कुटनिति (डिप्लोमेसी) समाप्त हुन्छ तब मात्र युद्धको संभावना हुन्छ, संवन्धित सबै राज्यहरू संसारभरी आफ्नो कुटनितिमा लागेका छन् ।
अब कुरा भारत–पाकिस्तान विवाद वा युद्धको । युद्ध तब सम्म मानिदैन जबसम्म थल सेना अर्को राज्यको सिमा भित्र प्रवेश गर्दैन वा भूमि कब्जा गर्दैन, त्यो यहाँ भएकै छैन भारत वा पाकिस्तानको कुनै थल सेना अर्को देशमा प्रवेश गरेकै छैन । अर्को कुरा जब कुटनिति (डिप्लोमेसी) समाप्त हुन्छ तब मात्र युद्धको संभावना हुन्छ, संवन्धित सबै राज्यहरू संसारभरी आफ्नो कुटनितिमा लागेका छन् । राजदूत, राजदूतावास कुटनीतिज्ञ लगायतका संघ संस्थाहरू आआफ्ना कार्य निरंतर गरि रहेको ले असफल कुटनीति भन्न मिल्दैन भने अहिलेको अवस्थालाई भारत–पाकिस्तान विवाद वा कश्मिर विवाद मात्र भन्न मिल्छ युद्ध होइन । भने विवाद केका लागि ?
दुवै पक्ष आतंकवाद विरुद्ध साँझा प्रतिवद्धता एकसाथ दोहराएका छन ।
फेरी पनि गोली वारी र मिशाइल हानाहान गराएका छन ।
मस्जीद–मदरसा र गुरुद्वारा लाई एकसाथ निशाना बनाएका छन् ।
यो दृष्य देखि आम जनता देशवासी र सेना भने डराएका छन ।
फेरी पनि आतंक को दोष एकले अकोलाई लगाएका छन् ।
विन–विन को अट्टाहास गरी दुबै मिलि पूरै काश्मिर लाई खाएका छन् ।
अब सुपर पावर अमेरिकाद्वारा युद्ध विराम (सिज फायर)को आदेशले हाल विवादलाई स्थागित गरेको छ, जो एसियाको लागि भने सुखद देखिन्छ । भारत पाकिस्तान जस्ता, न्यूकिलियर पावर धारकहरूको भयावह प्रकोपबाट अमेरिकाले बचाएर द्वितीय विश्व युद्ध पछि पुनःसाँच्चै सुपर पावर प्रमाणित भई एसियालाई एक नयाँ युगमा प्रवेश गराएको आधिकारीक पुष्टि भएको छ । अतः वर्तमान भारत पाकिस्तान विवादमा नेपालको ठोस र उल्लेखनीय निर्णय तथा अमेरिकी कदम द्धारा सिज फायर ले एसिया,प्रशान्त क्षेत्रमाशान्ति स्थापना र खुसियाली हाम्रो लागि के साँच्चै एक उज्जवल भविष्यको दिशानिर्देश हो ?