२४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग

बुटवल, २ जेठ ।
सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलबस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारीले नेपाल बाल संगठन कपिलबस्तुका अध्यक्ष गोपाल ज्ञवालीलाई २४ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा क्लबका एजी जिवन अर्यालले बालगृहको पूर्वाधारमा सरकारबाट आवश्यक सहयोग भएपनि ब्यवस्थापनमा कठिनाई रहेको विषयमा यसअघि ज्ञान नरहेको भन्दै आगामी दिनमा सबैको सहयोग जुटाउन लाग्न सुझाव दिए । आफै क्षेत्रमा रहेको
कार्यक्रममा नेपाल बाल संगठन कपिलबस्तुका अध्यक्ष गोपाल ज्ञवालीले बालमन्दिर देशकै दोस्रो ठुलो धनि संस्थाका रुपमा पहिचान बनाएको भएपनि आश्रित बालबालिकाहरुलाई ब्यवस्थापनमा धेरै कठिनाई रहेको बताए । बिसं २०५९ सालदेखि द्धन्द्धकालमा घर छोड्न बाध्य रहेका परिवारका बालबालिकाहरुलाई आश्रय दिएको ईतिहास भएको उनले बताए । काठमाण्डौ नक्सालमा मुख्य कार्यालयसहित देशका १० स्थानमा बालगृहका शाखाहरु रहेको उनले बताए । कतिपय बालबालिकाहरु पुर्नस्थापित भएको उनले बताए । कक्षा १२ सम्म पढ्न ब्यवस्था गरिदिने र त्यसपछि उनिहरुलाई समाजमा आयआर्जनमा जोड्ने काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष भिमलाल श्रेष्ठले आगामी दिनमा रोटरीको सहकार्यमा शैक्षिक सामाग्री, स्वास्थ्य शिविर, न्यानो कपडा र छात्रवृत्ति प्रदानका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले स्थापना दिवस कपिलबस्तुमा पर्यटन प्रवद्र्धनका लागि फेलासिप कार्यक्रमसंगै सामाजिक क्षेत्रमा रहेर बालगृहमा सहयोग गरेको बताए ।

यसैबिच रोटरी क्लब अफ बुटवल डाउनटाउनको २४ औ चार्टर नाईट तथा ११ औ बोर्ड बैठक कपिलबस्तुको राजापानीमा सम्पन्न भएको छ । क्लबले स्थापना दिवसमा पर्यटन प्रवद्र्धनसंगै सामाजिक कार्य र फेलासिपसहितको कार्यक्रम विहिबार गरेको हो ।
एक समारोहका बिच क्लबका एजी जिवन प्रसाद अर्यालले औपचारिक उद्घाटन गर्दै निक्कै क्रियाशिल र गतिशिल क्लबका रुपमा डाउनटाउन रहेको बताए । सदस्यहरुलाई एकतावद्ध गरि उत्साहपूर्ण कार्यक्रमहरु गर्न सफल भएको बताए ।
यसैबिच क्लबका अध्यक्ष शिव ज्ञवालीले २४ वर्षको ईतिहासमा गरिएका मुख्यमुख्य कामको स्मरण गरे । डिष्ट्रिक ग्लोबल ग्राण्डका रुपमा क्लबबाट गौतम बुद्ध मुटु अस्पताल पहिलो परियोजना ल्याएको उनले बताए । यसैगरि आम्दा अस्पतालमा एनआईसियु, गार्डेन तथा थप विविध परियोजना शुरु गरेको बताउदै फेरि पनि आम्दामा सुत्केरीलाई लक्षित गरि उपचारमा आईसियु संचालनको परियोजना अगाडी बढेको उनले बताए । पब्लिक ईमेजमा एक सय बढि कार्यक्रमहरु गर्न सफल भएको तथा रोटरीको सेभेन फोकस एरियामा धेरै कामहरु भएको उनले बताए । शतप्रतिशत सदस्य रिटेन तथा थप नया सदस्य बढाउन सफल भएको उनले बताए । समय ब्यवस्थापन गर्दै संस्थालाई जीवन्त बनाउने गरि अगाडी बढ्न सफल भएको उनले बताए ।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट बाबुराम बन्जाडेले आफनो अध्यक्षतामा वर्ष २०२५÷२०२६ का लागि ३० सदस्यीय नया बोर्डको नामावली सार्वजनिक गरेका छन । जसको आईपिपि शिव ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट धर्मदत्त ज्ञवाली, पे्रसिडेन्ट नोमिनी डिबि रायमाझी, भिपि प्रथम सुविता सैजू, भिपी सेकेण्ड प्रकाशराज पौडेल, भिपी थर्ड प्रेमा केसी, भिपी फोर्थ मनोज भुषाल, भिपी फिप्ट नरेश्वर पौडेल, सचिव केशव बश्याल, कोषाध्यक्ष द बहादुर क्षेत्री, सहसचिव भानु केसी, सहकोषाध्यक्ष यमन श्रीष लगायत रहेका छन । रोटरीको नया वर्षको नारा राम्रोका लागि एकता (युनाईट फर गुड) अनुसरण गरि विविध रचनात्मक कार्यमा सहकार्य हुने उनले बताए ।

You might also like