साधनाको वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा सहयोगीलाई सम्मान

बुटवल, वैशाख २८ । साधना महिला विधालय बुटवल उपमहानगरपालिका वडा नम्बर–६ को १९ औं वार्षिकउत्सव आइतबार सम्पन्न्न भएको छ । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पूरा गरौं’ भन्ने नारासहित वि.स.२०६३ मा स्कूल स्थापना भएको थियो । वार्षिकउत्सवको अवसरमा बोल्दै बुटवल उप–महानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले विद्यालयको लागि आवश्यक सहयोगको लागि स्थानीय सरकार साथमा रहेको बताइन ।
शिक्षाको पहुँचबाट टाढा भएका महिलाहरुलाई बढ्दो उमेरमा समेत अक्षर चिनाएर समाज रुपान्तरणमा स्कूलले आफूलाई स्थापित गरेको उपप्रमुख अर्यालले बताइन । वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले शिक्षाबाट कोही पनि बञ्चित हुन नहुने भनाइ राखेँ । विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी गौतमले सबै क्षेत्रको साथ र सहयोगबाट विद्यालय अहिलेको स्थानमा आइपुगेको बताइन ।
२०६३ मा स्थापना भएको बिधालयबाट अहिलेसम्म २ हजार ८०० सय जनाले अधुरो शिक्षा पूरा गरेको प्रअ गौतमको जानकारी दिइन । कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बञ्जाडे, ज्ञानोदय माविका प्रधानाध्यापक टीकाराम पौडेल, विद्यालयका संस्थापक केदार नेपाल, पूर्व प्रअ तारा पाण्डे, पूर्व शिक्षक विष्णु केसी लगायतले बोल्दै शिक्षाबाट बञ्चीत वर्ग न्याय गर्दै राज्यले ध्यान दिन नसकेको विषयलाई पहिचान गरी स्थापित भएको बताए ।
विद्यालयका अध्यक्ष मोतिलाल जैसीको अध्यक्षता तथा शिक्षक विनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा समग्र विकास र आर्थिक लगायत विभिन्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष मोतिलाल जैसी, विद्यालयका प्रअ विष्णु कुमारी गौतम, पूर्व शिक्षक विष्णु केसी, कल्पना सिवाकोटी, घनश्याम भुसाल, राजकुमार भटटराई, शिव ज्ञवाली, रिता घिमिरे, विनिता थापा लगायतले सम्मान गरिएको थियो । विद्यालयका अहिले आफ्नै सुविधासम्पन्न भवन छ । दर्जन शिक्षक÷कर्मचारी विद्यालयमा कार्यरत रहेका छन् ।

You might also like