बुटबलमा रगत अभाब टार्दै सोसल ग्रुप

बुटबलमा रगत अभाब टादै सोसल ग्रुप

वैशाख १५ बुटवल
रक्तदान जिवनदान भन्ने नारा सहित बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ । बुटबल मा रगत अभाब देखीएपछी सोसल ग्रुप बुटबलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो । सोमबार बुटबलको रक्त संन्चार केन्द्रमा आयोजिक रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान दान गरेको सोसल गुरूपका अध्यक्ष भोज बहादुर थापाले बताए । पछील्लो समय बुटबलमा रगतको माग बढदै गएको र रक्त संन्चार कैन्द्रमा रगत अभाब हुन थालेपछी केन्द्रको आग्रहमा तत्काल रक्तदान कार्यक्रम राखेर बिरामीहरूलाई सहज बनाईदिएको सस्थाका सचिब अशोक राईले बताए । पछील्लो समय रक्तसंन्चार केन्द्र बुटबल साखामा A + ) B + ) AB + ) रगतको अभाब रहेको रक्तसंन्चार केन्द्र बुटबलले जनाएको छ । बुटबलमा बिरामीहरूको चाप संगै रगतको माग समेत बढेको र रगतको माग पुरा र्गन अकस्मात रक्तदान कार्यक्रम आयोजना गरिएको सोसल ग्रुपका उपाध्यक्ष बिण्णु थापा ले बताए । सोसल ग्रुप बुटबलले बिभीन्न सामाजिक कार्यक्रम हरू गदै आएको छ रक्तदान सडक डिभाईडरमा बृक्षारोपण नि सुल्क स्वास्थय सिविर बिपन्न परिवारहरूलाई खाधान्न बितरण जस्ता सामाजिक कार्यहरू गदैआएको छ

You might also like