बसन्तको कथाले हलमा दर्शक तान्दै,शुक्रबार धेरैजसो हल हाउसफुल
बुटवल। प्रकाश सपूतको डेब्यु निर्देशन रहेको सिनेमा “वसन्त” आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सिनेमाको मुख्य भूमिकामा प्रकाश सपूत र स्वस्तिमा खड्का हुनुहुन्छ । सिनेमाले नेपालभरका हलमा उच्च शो पाएको छ ।शुक्रबार रिलिज भए संगै फिल्म्हालामा बसन्तले आफ्नो दबदबा कायम नै गरेको छ। शुक्रबारको ब्यापार सम्मानजनक भएकोले शनिबार माउथ पब्लिसिटीबाट फिल्मले गति लिनेमा नायक तथा निर्देशक प्रकाश सपुत बिश्वस्त छन्। गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् ।विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा भन्ने सिनेमामा प्रकाश र स्वस्तिमा सङ्गै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।