नेपाली नयाँ वर्षमा बुटवलमा ३ दिन सडक महोत्सव हुँदै

बुटवल, २२ चैत।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन संघ रुपन्देही (रेबन) को आयोजनामा नेपाली नया वर्ष २०८२ को अवसरमा बुटवल सडक खाना महोत्सव हुने भएको छ। आर्थिक संकट भएको बेला आन्तरिक पर्यटनलाई बढावा दिने गरि सडक खाना महोत्सवमार्फत पर्यटन मार्फत चलायमान बनाउने लक्ष्य रहेको अध्यक्ष प्रशन्न कोईरालाले बताए। तिनकुनेदेखि शिवालय मन्दिरसम्म संचालन हुने महोत्सवहरुको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। चैत ३० गतेबाट १ गतेसम्म ३ दिने कार्यक्रम हुने उनले बताए। नेपाली नया वर्षमा सडक महोत्सवलाई निरन्तरता दिने उनले बताए । नेपाली मौलिक खानाका परिकार प्रस्तुत गर्ने स्टलहरुलाई निशुल्क ब्यवस्थापन गरिएको उनले बताए। रेबनको अगुवाईमा २०८० सालमा पहिलो पटक रात्रिकालिन बजारमा अवधारणा ल्याएको दाबी गर्दै यसमा सबै सरोकारवाला निकायबाट सहकार्य जरुरी रहेको उनले बताए। टोल समितिहरुसंग समन्वय गरि सहकार्यमा कार्यक्रम गर्न लागेको उनले बताए। करीब २५ लाख रुपैया खर्च हुने अनुमान रहेको कार्यक्रमलाई स्थानिय सरकार र स्पोन्सरबाट सहयोग भएको उनले बताए। सास्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुलाई प्राथमिकता दिने उनले बताए। महोत्सवमा ५० स्टलहरु सहभागी हुने उनले बताए।
महोत्सवमा खानाका परिकारसंगै मनोरञ्जनका नया नया प्रविधि, कला संस्कृतिलाई समेत अवसर दिएको उपाध्यक्ष लक्ष्मण श्रेष्ठले बताए। फरक ढंगबाट यो चलाउन थालिएको उनले बताए। स्थानिय सरकारसंग समन्वय गरि सुरक्षा ब्यवस्था चुस्तदुरुष्ट गरिने उनले बताए । सिसिटिभिबाट समेत निगरानी गरिने उनले बताए।
कार्यक्रममा टिक टक च्यालेन्ज समेत आयोजना गरिने सचिव अतीत तरामु मगरले बताए । जसमा सर्वाधिक भ्युज हुने दर्शकलाई गिफ्ट हेम्परबाट पुरस्कृत गरिने उनले बताए। महोत्सवमा सरसफाईलाई विशेष ध्यान दिएको उनले बताए। दैनिक सरसफाई गरिने उनले बताए।
बिस २०७८ सालमा स्थापना भएको रेबनमा ९२ जना सदस्यहरु आवद्ध रहेका छन।

You might also like