बुटवलमा जिकार एक्स को डेलीभरी सुरु :- भट्टराई बने पहिलो ग्राहक

चैत्र २० बुटवल
विश्व बजारमा बहु प्रतिक्षित जिकर एक्स को बुटवलमा डेलीभरी सुरु भएको छ । न्यू भैरव लुब्रिकेन्ट का संचालक सुदन भट्टराई जिकर एक्स को बुटवलको पहिलो गाडी पाउने ग्राहक बन्नु भएको छ । विभिन्न गाडीको टेस्ट ड्राइभ पछि सबै भन्दा जिकरको एक्स बुक गरेको उहाँले बताउनु भयो।

प्रीमियम डिजाइनमा आकर्षक डिजाइज(डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिने हुँदा ग्राहक तान्न सफल भएको छ ।

२७५० मिलिमिटरको ह्विलबेसमा ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो उभिएको जिकर एक्स व्यस्त सहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ ।

गाडीको ढोकाहरू ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकोले आकर्षक र आधुनिक रहेको कम्पनीको भनाइ छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको छ भने जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको बताइएको छ । यसमा १४.६ इन्चको एचडि टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडि इन्स्ट्रुमेन्ट प्यानलसहित २४.३ इन्चको डिस्प्ले’ समावेश रहेको छ ।

पायोनियर मोटो कर्प, देशभरि रहेका ईभि पारखी, गाडी चालक तथा खरिदकर्ता र आदरणीय ग्राहकलाई जिकर एक्सको आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र व्यावहारिक उपयोगिताको एकसाथ प्रयोग भएको एक परिष्कृत ‘अल इलेक्ट्रिक अर्बान एसयुभि – जिकर एक्स’को अनुभव गर्न अनुरोध गरेको बुटवल शाखा प्रमुख राजु थापाले जानकारी दिनुभयो ।

You might also like