चन्द्रौटामा सेवा दिँदै साझा स्वास्थ फार्मेसी
नाक कान घाँटी , छाला तथा यौन रोग विषेशज्ञ र महिला रोग विषेशज्ञ डाक्टर द्वारा सेवा दिँदै
चैत्र २ बुटवल
कपिलवस्तुको नगरपालिका ५ चन्द्रौटा क्षेत्रको जनताको स्वास्थ्य सेवामा सुधार ल्याउन नयाँ साझा स्वास्थ फार्मेसी संचालनमा आएको छ। स्थानीय जनतालाई उचित र गुणस्तरीय स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले संचालनमा ल्याइएको यस फार्मेसीले विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनतालाई स्वास्थ्यका आधारभूत सेवाहरूमा सहज पहुँच दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चन्द्रौटामा नयाँ फार्मेसी संचालनमा ल्याउँदा, यसले स्थानीय बासिन्दाहरूलाई नजिकैको स्थानमा औषधिहरू प्राप्त गर्न र स्वास्थ्यसम्बन्धी परामर्श लिन सजिलो बनाएको छ। फार्मेसीमा आवश्यकता अनुसारका सबै किसिमका औषधिहरू, स्वास्थ्य सामग्री र अन्य सेवाहरू उपलब्ध गराइनेछ, जसले गर्दा यहाँका बासिन्दाहरूलाई स्वास्थ्य समस्याको समाधान खोज्नका लागि टाढा जानु नपर्ने भएको छ ।
साझा फार्मेसीले स्वास्थ्य र औषधि क्षेत्रमा नयां व्यवस्थापन प्रणालीको अवलम्बन गर्दै, लागत कम गर्न र जनतालाई उच्च गुणस्तरीय सेवा प्रदान गर्नको लागि काम गर्नेछ। यसले स्वास्थ्य क्षेत्रमा पारदर्शिता र समग्र जनस्वास्थ्यमा सुधार ल्याउने अनुमान गरिएको छ।
बुटवलको सेवा चन्द्रौटामै
यस्तै साझा फार्मेसीले प्रत्येक शनिबार बुटवलका वरिष्ठ डाक्टर द्वारिका द्वारा सुलभ दरमा सेवा दिँदै आएको सञ्चालक दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँले नाक कान घाँटी , छाला तथा यौन रोग विषेशज्ञ र महिला रोग विषेशज्ञ डाक्टर द्वारा सेवा दिँदै आएको पनि बताउनु भयो । उहाँले बुटवलकै दररेटमा सेवा दिँदै आएको पनि बताउनु भयो ।