पाणिनी तपोभूमिमा सम्मेलन सफल पार्न सरोकारवाला संग छलफल
फागुन १
गाउँपालिका अर्घाखाचीको पवित्र स्थल पाणिनि तपोभूमिमा मिति २०८१ चैत्र २७ र २८ गते २ दिन सम्म संचालन हुने पाणिनी महोत्सवको पूर्व तयारी स्वरूप मिति २०८१।१०।३० गते लुम्विनी प्रदेशको पर्यटन विकास परिषदको सभाहल बुटबलमा पाणिनी गाएपालिकाका अध्यक्ष टेकराज न्यौपाने, पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशी,प्रशासकीय अधिकृत,सिता पोख्रेल अर्याल, अधिकृत शंकर पौडेल,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने
लगायतको टोली संग पाणिनी गाउँपालिकाका साविकका ८ वटा गा.वि.स.हरू क्रमशःपणेना,पोखराथोक,खिदिम,पटौटी,मैदान,धातिवाङ्ग,अड्गुरी र पाली रूपन्देही सम्पर्क समाजका अध्यक्षहरू ,पूर्व अध्यक्षहरू,उपाध्यक्ष,सचिव लगायत महत्वपूरण ब्यक्तित्वहरू उपस्थितिमा सरोकारवाला संगको छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । लुम्विनी प्रदेशको पर्यटन विकास परिषद र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा संचालन हुने सम्मेलन सफल पार्न ८ बटै सम्पर्क समाजबाट भाग लिएका महानुभावहरुले आ आफ्नोक्षेत्रबाट पूर्ण रुपमा सधाउने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल सरकारले घोषणा गरेका पर्यटन स्थलहरु मध्ये पाणिनी तपोभूमि १०० स्थान भित्र पर्दछ । सम्मेलनमा तपसिल बमोजिमका विषयमा विज्ञ महानुभावहरूबाट प्रतिबेदन प्रस्तुतिकरण हुने हुदा सम्लेलन पछि पाणिनी तपोभूमिको महत्व र गरिमामा अझ बृद्धि भई पर्यटन विकासमा ठुलो टेवा पुग्ने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले वताउनु भयो । साथै पाणिनी क्षेत्रको गुरु योजना अनुसारको विकासका लागि तीनै तहको सरकार र सरोकारवाला सबै मिलेर योगदान पुर्याउनु पर्ने कुरा राख्नु भयो ।