उच्च शिक्षा तथा रोजगारीको नाममा युवा शक्ति बिदेश पलायन हुँदा विद्यार्थी संख्या घटे :-रमाकान्त तिवारी
अन्नपूर्ण माविको १७ औं वाषिएकोत्सव तथा अभिभावक दिवस
बुटवल, २९ माघ ।
बुटवल–६ चाँदबारीमा रहेको अन्नपूर्ण माध्यमिक बिद्यालयको १७ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. धर्मराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले उच्च शिक्षा तथा रोजगारीको नाममा युवा शक्ति बिदेश पलायन हुँदा विद्यार्थी संख्या घटेको बताए । उनले व्यवहारिक शिक्षाले मात्रै देशमा समृद्धि ल्याउन सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका उपसभापति ज्योति भण्डारी, अभिभावक संघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ लुम्बिनी प्रदेश अध्यक्ष हेम बहादुर थापा, नेवाः अर्घाखाँची रुपन्देही सम्पर्क समाजका अध्यक्ष देवीकुमार श्रेष्ठ, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवस्थापन समितिका सदस्य लक्ष्मी भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिद्यालयका प्राचार्य मित्रहरी आचार्यले बिद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा अभिभावकहरु लक्ष्मी शाह र कला गौतमलाई सम्मान गरिएको छ ।
त्यस्तैगरी बिद्यालयले एसईई – २०८० मा सतप्रतिशत नतिजा ल्याई रुपन्देही जिल्लामै अनिवार्य विषय नेपाली र विज्ञान विषयमा औषत उच्चतम जीपीए ल्याउन महत्वपूणृ भूमिका निर्वाह गर्ने दुई जना शिक्षक राधा आचार्य र विजय कुमार झा, शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । २०६६ सालमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गराएको बिद्यालयमा २०६४ सालदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन भईरहेको छ । हाल बिद्यालयमा करिब ६ सय ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । बिद्यालयका शिक्षक विष्णु प्रसाद पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक भुवन अधिकारीले गरेका थिए ।