सामाजिक संजाल सम्बन्धि बिधेयक हुबहु पारित गरिए शान्ती समाज आन्दोलनमा जाने

मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयाेजनामा सामाजिक सन्जाल बिधेयक सम्बन्धी समतलिय गाेलमेच नागरिक संवाद कार्यक्रम सम्पन्न भएकोछ ।

नागरिक सम्बाद कार्यक्रम नेपाली काङ्ग्रेस नेता युवराज गिरि, बरिस्ठ लेखक ऋषि आजाद, माओवादी नेता महेन्द्र भुसाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले चार ओटा दिपप्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सभापति अर्जुन ज्ञवालीले सामाजिक संजाल बिधेयक बारे शान्ति समाजको अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्वसभापति गाेविन्द खनालले सरकारले प्रस्तुत गरेकाे नियमन सम्बन्धी विधेयकमा अभिव्यक्ति स्वतन्त्रतामा आँच आउने थुप्रै प्रावधानहरु छन् , तिनीहरुलाइ हटाउनु पर्ने बताउनु भएको थियो। हुबहु पारित भए शान्ति समाज आन्दोलनमा जाने घोषणा गर्नुभयो ।
बिधेयकको सन्द्रभमा नेपाली कङ्ग्रेसका नेता युवराज गिरीले सामाजिक सन्जाललाई मर्यादित बनाउनु पर्ने बताउनुभएको थियो ।
बरिस्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले नियमनकाे नाममा राज्यलाई स्वच्छाचारी बनाएर जनताकाे अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुने बताउनुभएको थियो।

कार्यक्रमा भाग लिंदै उपस्थित दुइ दर्जन वक्ताहरुले सरकारद्वारा प्रस्तुत विधेयकका दश बुँदाहरुमा छलफल गरी विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए ।

सरकारद्वारा प्रस्तुत हुन लागेकाे सामाजिक सन्जाल नियमन सम्बन्धी विधेयककाे विषयमा सहभागीहरुले सामाजिक सञ्जाल बिधेयकले माैलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित बनाउने नाममा नियन्त्रण र कुण्ठित गर्न नहुने बताएका छन् ।
कार्यक्रममस नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष विस्वास ढकाल, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्याल, प्रगतिशील पत्रकार सघका केन्द्रिय अध्यक्ष श्याम पोखरेल, नेमोकिपाका नेता सुन्दर वासी, माओवाद केन्द्रका नेता महेन्द्र भुसाल, नेकपाका नेता शरद वली, पत्रकार महासघ रुपन्देही सल्लाहकार विनोद परियार, वडा अध्यक्ष यज्ञ प्रसाद पङ्गेनी, काङ्ग्रेस नेता ज्योति भण्डारी, बरिस्ठ लेखक ऋषि आजाद , युवा नेता देवराज पोखरेल, पत्रकार कृष्ण खनाल, शङ्कर प्रसाद पोखरेल, राज्य टिभीका अध्यक्ष विष्णु भुसाल, अनलाइन खबर सम्बादाता टिआर शर्मा, उपभोक्ता संरक्षणका अध्यक्ष समुन्द्र जिसी, बरिस्ठ पत्रकार दामोदर खनाल, इन्जिनियर सागर भुसाल, टुन टेक्नोलोजीका सिइयो राजिव गौतमले बिधेयक बारे आफ्नो विचार राख्नु भएकोथियो।

बिहान ठिक ८ बजे शुरु गरिएको नागरिक सम्बाद जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्वसभापति गोविन्द खनाल, कार्यसमिति सदस्य सिता पौडेलको स्वागत, उपसभापति कृष्ण पाण्डेको धन्यवाद तथा सचिव लिलाधर लुइँटेलको संचालन एवं केन्द्रिय सचीव डिपि खनाल, केन्द्रिय सदस्य रत्ना कंडेल, केन्द्रिय बिभागका सदस्य खिम( कृष्ण ) भट्टराई, कोषाध्यक्ष मोहनिलाल न्यौपाने, कार्यसमिति सदस्य सागर भुसाल लगायत अभियान्ता, संचारकर्मी, सरोकारवालाहरुको उपस्थितिमा सप्पन्न भएकोथियो।

You might also like