गोरखा आयुर्वेदको रणनीतिक बैठक बुटवलमा “रुपन्देही आयुर्वेदको हब हुने अपेक्षा”
माघ १४ बुटवल
नेपाल र फान्सको सँयुक्त लगानी रहेको गोरखा आयुर्वेद कम्पनीले बुटवलमा अर्धबार्षिक बैठक सम्पन्न गरेको छ ।उत्पादनको थप बजारीकरण र रणनीतिका लागि मार्केटिङ मिटिङ गरिएको हो । बार्षिक कम्पनीले विभिन्न रोगका निधानका लागि आवश्यक एकसय १० प्रकारका औषधी उत्पादन हुने गरेको जनाएको छ ।
गुर्चि हर्वल टिबाट शुभारम्भ भएको गोरखाले अहिले ३ सय प्रकारका आयुर्वेदिक उत्पादन बजारमा ल्याएको डाइरेक्टर शंकर भट्टले बताए । यसको उत्पादनले माग धान्न नसकिरहेको बोर्ड अफ डाइरेक्टर मनोज प्रसाद धितालले बताए । ‘स्थापनाकालमा कम्पनीको पहिचान नै गुडुची चियाले दिलायो, २०४० देखि २०४५ सालसम्म गुर्जो चिया उत्पादन मात्र भयो,’ उनले भने ‘अहिले फेरि यसको माग बढेको छ ।’ हर्बल टी, गुर्जो चियाको सेवनले ब्लड सर्कुलर, ग्यास्ट्रिकको समस्या कम गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने उनको भनाइ छ ।
उत्पादनलाइ अगाडि बढाइने जानकारी दिए । ‘शक्तिप्राश च्यवनप्राश’ कम्पनीको लोकप्रिय उत्पादन हो । ४९ थरीका जडीबुटी सम्मिश्रण गरेर बनाइने च्यवनप्राशको माग बढी रहेको उनले बताए ।
गोरखा च्यवनप्राश, तुलसी चिया, गुड्ची चिया, स्लिम चिया, डायबी–टी, आरम तेल, शिलाजित क्याप्सुल, शक्तिटोन क्याप्सुल, निम फ्रेस, वेदिक–जी साबुन, वेदिक–जी आयुर्वेदिक फेसवासलगायत उक्त कम्पनीले उत्पादन गरेको सामान लोकप्रिय छ ।
गोरखा आयुर्वेद बिस २०४० स्थापना भएको हो भने डा कर्ण शाक्य ,डा भारतप्रसाद धिताल,गजेन्द्रबहादुर श्रेष्ठ,डा मन बज्र लगायतले गोरखामा स्थापना गरेका हुन् ।