सपिम खरेल(संघर्श)को उम्मेदवारी: खुल्ला उपाध्यक्ष पदका आज चुनाव लड्दै

विद्यार्थी आन्दोलनका विभिन्न मोर्चामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै, सपिम खरेल(संघर्श)ले खुल्ला उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले समाजवादी शिक्षा र एक सशक्त संगठन निर्माणमा आफ्नो गहिरो भुमिका रहने प्रतिबद्धता प्रकट गरेका छन्। शैक्षिक एजेन्डामा केन्द्रिकरणको दृष्टिकोणसँगै, अखिल (क्रान्तिकारी) पुनर्निर्माणको महाअभियानलाई थप मजबुती दिने विश्वास व्यक्त गराएका छन।

सपिम खरेल(संघर्श)ले व्यक्तिवादको अन्त्य गर्दै सामूहिकतामा र साझा विचारको बलियो अभ्यासलाई अघि बढाउने आफ्नो योजना प्रस्तुत गरेका छन्। यसका माध्यमबाट, विद्यार्थी समुदायको हक र अधिकारको संरक्षण गर्दै, संगठनलाई थप सशक्त,गतिशील र सडक बाघको रुपमा स्थापित गराउन ठोस कदम चाल्ने वचन दिएका छन्।
आजको मुख्य विषय भनेको विद्यार्थीहरुको पक्षमा हामीहरूको संघर्ष र हालको निर्वाचनमा हामीले कायम गरेको प्रगति हो। यद्यपि विद्यार्थी साथीहरुको केही अन्य महत्वपूर्ण एजेण्डा पूरा गर्न अझै बाँकी रहेको छ, र त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तपाईंको समर्थन र सहकार्य अत्यन्त आवश्यक छ।
समाजवादी शिक्षा र विद्यार्थीहरूको अधिकारको लागि संघर्ष गर्दै, सपिम खरेल (संघर्श)ले समान, गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक शिक्षा प्राप्त गर्ने अधिकारको संरक्षण गर्ने प्रतिबद्धता प्रकट गरेका छन्। यसका साथै, उनले विद्यार्थी कल्याणकारी कार्यक्रमहरूको प्रवर्द्धन, शिक्षामा व्यापारीकरणको न्यूनीकरण, विद्यार्थीहरूको हक र सुरक्षाका लागि निरन्तर संघर्ष, परिक्षा प्रणालीमा सुधार र पारदर्शिता, रोजगारमुखी शिक्षा नीतिको कार्यान्वयनलाई प्राथमिकता दिएका छन्।
सपिम खरेलको नेतृत्व र प्रतिबद्धता विद्यार्थी समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

You might also like