सुनचादी व्यवसायीहरुका समस्या समाधानका लागि लाग्ने प्रतिबद्धताका साथ नयाँ नेतृत्वले लियो सपथ

बुटवल, ८ माघ।
बुटवल सुनचाँदी ब्यवसायी संघको सम्पन्न चौथो र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । बुटवलमा आयोजित पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता गोमति सुनारले पदको सपथ खुवाउनु भएको हो ।
अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक कुमार विकले प्रमाणपत्र प्रदान गर्नु भयो ।
पुष २९ गते सम्पन्न अधिवेशनबाट संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको थियो । संघको अध्यक्षमा गकुल विश्वकर्मा, उपाध्यक्षमा कृष्ण ब. सुनार, सचिवमा चुरामणी वि.क (दिपक ), कोषाध्यक्षमा दल बहादुर वि.क.(राजु), स–सचिवमा इन्द्रबहादुर वि.क.(मनोज ), सह–कोषाध्यक्षमा सरोज गहतराज रहनु भएको छ ।
यसैगरि सदस्यहरुमा दिलिप विश्वकर्मा, हरि गहतराज, अमृत बेवारे, प्रेम विश्वकर्मा(हुकुम), बल बहादुर वि.क, विजुला विश्वकर्मा, निमा खड्का, राम बहादुर रसाइली, लक्षमण लोहनी, र शेर बहादुर विश्वकर्मा निर्वाचित हुनु भएको थियो ।
पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गकुल विश्वकर्माले सुनचादी व्यवसायीहरुका समस्या समाधानका लागि आफ्नो नेतृत्व सधै इमानदार भएर लाग्ने जनाउदै आफुले अधिवेशनमा अगाडी सारेको ७ बुदे कार्यक्रमलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख अथिति नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपक कुमार विकले व्यवसायीक एकता विना सुनचादी व्यवसायीका समस्या समाधान हुन नसक्ने बताउदै नेतृत्व सवल भएमा परिणाम आउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा महासंघका निर्वतमान केन्द्रीय सदस्य एमवी विश्वकर्मा, प्रदेशका उपाध्यक्ष हरि बहादुर सुनार, रुपन्देही जिल्लाका निर्वतमान वरिष्ठ उपाध्यक्ष एसरत्न वज्राचार्य, महिला समुह अध्यक्ष किरण विकलगायत बोल्नु भएको थियो ।

You might also like